प्रज्वल समशेर राणा र कटवाल नेपाली इतिहासकै नालायक सेनापति : अर्जुन ज्ञवाली ( लेख )
अर्जुन ज्ञवाली । सुब्यवस्थित देशमा सुरक्षा निकायको जिम्मेवार तहमा बसेकाहरूले पुस्तक प्रकाशन गर्दा परराष्ट्र बिभागको राज्यबाट स्वीकृति लिनुपर्दछ। जथाभावी प्रकाशन गर्न पाइदैन ।
२०६३ सालपछी दरबारका तत्कालीन सैनिक सचीव विवेक शाहबाट सुरुभएको बिकृतिले यति निरन्तरता पायोकि सेना ,प्रहरी,न्यायाधीशहरुको आत्मकथा प्रकाशन गर्ने होडबाजीनै देखियो।यिनै मध्येका पुर्बप्रधान सेनापती रुकमाङगद कटवालले पनि आफ्नो आत्मकथा प्रकाशन गरे । जसमा उनले गणतन्त्र स्थापना आफुले गरेको सगौरब उल्लेख गरेकाछन। आर एस एसको नेपाल बिरोधि मिसनसङग जोडिएका कटवालले एक टेलिभिजनलाई दिएको पछील्लो अन्तरबार्तामा गणतन्त्र ल्याउन आफू जिम्मेवार नभएको अभिव्यक्ति दिएकाछन।
अधिकांश पत्रकारहरु पढ्दैनन अपवाद टिकाराम यात्री बाहेक अन्तरबार्ताकार जिबराम भण्डारीले कटवाललाई प्रतिप्रश्न गरेनन तपाईंले पुस्तकमा गणतन्त्र ल्याउन भुमिका निभाएको लेख्नुभएकोछ तर अहिले आफू जिम्मेवार नरहेको भन्दैहुनुहुन्छ ? किनकि अधिकान्स पत्रकारहरु १३ भाइ मध्येका रबि लामिछानेले १२ भाइलाई जासुसी मिसनमा आबद्ध रहेको खुलासा गरेजस्तै जासुसहरुनै छन । यसप्रकारका पत्रकारहरुले सम्प्रेषण गर्ने बिचार हुन या अन्तरबार्ता प्रायोजित नै हुन्छन् ।
२०५८ जेष्ठ १९ गते राजा बिरेन्द्रको हत्या सेनाको घेराभित्र गरिएपछि पत्रकारले तत्कालीन प्रधानसेनापती प्रज्वल शमसेर जबरालाइ सोधेका थिए दरबारको सुरक्षा तपाईंको होइन ? उनले मेरो होइन भनेर उतर दिएजस्तै कटवालले गणतन्त्र ल्याउन पुस्तकमा आफ्नो भुमिका रहेको लेखेका छन भने पछील्लो अन्तरबार्तामा आफ्नै परमाधिपति हटाउन भुमिका नरहेको भनेर झुट बोलेका छन। प्रज्वल समशेर राणा र कटवाल नेपाली इतिहासकै नालायक सेनापति हुन इतिहासले यसको लेखाजोखा अवश्य राख्नेछ ।
दरबारकै हुकुम प्रमाङगिमा नक्कली उमेर बनाएर सच्याइएको कटवालको जन्ममिति कै कारण उनी प्रधानसेनापति बनेको कुरा विवेक शाहले आफ्नो पुस्तक मैले देखेको दरबारमा उल्लेख गरेकाछन । सेनाजस्तो संस्थालाई आफ्नो बपौती ठान्ने दरबारको गैरजिम्मेवार प्रवृत्ति रत्नको आदेशमा कटवालको नक्कली उमेर बनाएर सह-सेनानीबाट अवकाश हुने सिपाहीलाई बढुवा गरेको घटनाले प्रमाणित गर्दछ।
मुलतः नेपालमा दरबारहत्या र गणतन्त्र भारत /अमेरिकी योजनामा सेनाले नै ल्याएको हो । कटवाललेले आफ्नो पुस्तकमा गणतन्त्र आफुले ल्याउँ भुमिका खेलेको उल्लेख गरे जस्तै दरबारहत्याकाण्डका खलनायक प्रज्वल शमसेर जबरालाइ निर्दोष देखाउने प्रयत्न गर्दै आफ्ना मालिक प्रती बफादारिता पनि निभाएका छन । वास्तमा सरासर प्रधानसेनापती हुने पालो प्रदिप प्रताप बम मल्लको थियोे ।
सिआइएको पकड रहेको नेपालको सर्बोच्च अदालतमा उमेर बिवाद भन्दै मल्ल विरुद्ध मुद्दा हालियो। जब कटवाल सेनापति बनाइयो अदालतले मल्ल निर्दोष रहेको फैसला गर्यो । यसरी कटवाललाई रअ र सिआइएले अदालत प्रयोग गरेर सेनाको प्रमुख बनाउने भुमिका निभाए । बाहिर उनीहरुले ओखलढुंगाबाट महेन्द्रले दरबारमै ल्याए हुर्काएकोले दरबारप्रति बफादार भएको प्रपोगण्डा गराए ।
प्रदिप प्रताप बम मल्ल प्रधानसेनापति हुँदा गणतन्त्र घोषणा गर्न नसकिने आकलनसाथ उनलाई रोकेर अदालत प्रयोग गरेर कटवाललाई बनाइएको थियोे । यसकारण बाह्यरुपमा माओवादी र पुस्पकमल दाहाल देखिएपनी नेपालमा दरबारहत्याकाण्ड र गणतन्त्र देशीविदेशी शक्तिकेन्द्र विशेषत भारतीय जासुसी सस्था रअ र अमेरिकी जासुसी सस्था सिआइएको योजनामा सेनाले गरेको र ल्याएको हो ।
२०६२/०६३ पछी तत्कालीन प्रधानसेनापती प्यारजङ्ग थापालाई राजतन्त्रको सुरक्षाको अडान छोडन आफुले सम्झाएको कुरा तत्कालीन भारतीय राजदुत श्यामशरणले आफ्नो पुस्तकमै उल्लेख गरेका छन। यो सेना पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसिको सेना होइन कोतपर्बमा देशभक्तहरुको हत्या गर्ने बेलायतको पाल्तु कुकुर जङ्गबहादुर राणा लिगेसिको सेना हो ।
देश बचाउन राजा महेन्द्रको अविस्मरणीय भुमिका हुँदाहुदै पनि आफ्ना बुबा राजा त्रिभुवनको इच्छा बिपरित रत्न राज्यलक्ष्मी राणालाई बिवाह गर्नु र छोराहरुको बेलायतका पाल्तु कुकुर राणा परिवारमा बिवाह सम्बन्ध जोडनु नै महाभुल थियोे र त्यहि नै नेपालको गणतन्त्रको बिज बन्न गएको यथार्थ हो ।
भु-राजनितिक टकरावमा अब पुरानो मोडेलको राजतन्त्र पुनःस्थापना गर्नु भनेको नेपाली आवरणको बिरेन्द्रको हत्या गरेको सेनाको रक्षाकवच हो । यो भुल हामीले गर्नुहुदैन । शसस्त्र प्रहरीलाई सेनामा रुपान्तरण गर्दै औचित्यहिन यो सेनाको विघटन र पुरानो राजतन्त्रको सिम्हानुक मोडेल नै देशको हितमा हुनेछ ।