गास बास र कपास बचाउ मूल नाराको महाअभियान देशभर हुन्छ : दुर्गा प्रसाई
झापा,बैशाख २४ । नेपालीहरुको गासबास र कपास बचाउ भन्ने मुलनाराका साथ शुरु गरेको महा-अभियान झापाको बिर्तामोडमा आयोजना गरियो ।
कार्यक्रमका प्रमुख बक्ता एवम अभियानका संयोजक दुर्ग्रा प्रसाईले अब मुलुकको स्थिती र नागरिकको आर्थिक स्थिती निकै नै दयनिय बन्दै गएको बताए ।
पछील्लो समय ब्यापार ब्यवसाय ठप्प रहेको अवस्थामा बैंकले जथाभावी ब्याजदर बढाएर नागरिकलाई सास्थी दिएको आरोप लगाए । नेपालको बैन्किङ कारोवार सम्बन्धी अमेरिकाको एक संस्थाले राखेको तथ्यान्क देखाउँदै नेपाली रुपैया कसरी बिदेशमा जम्मा गरिदैछ भन्ने सभामा सार्वजनिक गरे ।
उनको अभियानमा अन्य ७ संगठनले पनि एक्यबद्दता जनाएको छ ।