कांग्रेसका संस्थापन इतर समूहका नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा
काठमाण्डौं,जेठ २ । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा गरेका छन् ।
मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले मंगलबार पत्रकार सम्मेलन गरी रुपान्तरण अभियान सुरु गरेका हुन् ।
कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको भन्दै उनीहरुले भनेका छन्, ‘अहिलेको अवस्थामा कोरोनाको डेल्टा भइरस झै संक्रमित भएको कांग्रेसलाई रुपान्तरण गर्छौं ।’
अभियानले सात प्रदेश र डायसपोराको भेला तय गरेको छ । जसअनुसार ११ जेठमा जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ ।
१६ गते काठमाडौंमा बाग्मती, २० गते पोखरामा गण्डकी र २२ गते दाङमा लुम्बिनी प्रदेशस्तरीय भेला हुनेछ ।
२४ गते सुर्खेतमा कर्णाली प्रदेश, २६ गते धनगढीमा सुदूरपश्चिम, २९ जेठमा इटहरीमा कोशी प्रदेशस्तरीय भेला हुने अभियानले जनाएको छ ।