रेशम चौधरीलाइ जन्म कैद भए पछी डा. बाबुराम भट्टराईले गरे यस्तो टुइट
काठ्माण्डौं,जेठ ३ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्।
बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।
टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।
सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजीर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोही अनुसार अपराधी मानिएका लाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गरेका छन्।
‘अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन्,’ भट्टराईले लेखेका छन्,’ इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम।’