साहित्यकार कमला प्रसाईं ‘साहित्य प्रतिभा सम्मान’ पुरस्कारले सम्मानित

काठ्माण्डौं,जेठ ४ । बिश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यमा विशिष्ट योगदान दिनुहुने साहित्यकार कमला प्रसाईंलाई सम्मान गर्ने भएको छ । महासंघको केन्द्रीय समितिले यस बर्षको ‘साहित्य प्रतिभा सम्मान’ पुरस्कार प्रसाईंलाई प्रदान गरिने जनाएको हो ।

३ दशक लामो समय देखी साहित्य क्षेत्रमा आफ्नो योगदान दिदै आउनु भएकी प्रसाईंको २ दर्जन भन्दाबढी नाटक,पूर्णाङ्की नाटक, कविता-गीतसंग्रह,विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्र-पत्रिका तथा वेब म्याग्जिनहरुमा लेख तथा रचनाहरु प्रकाशित छन ।

गीतिएल्बमहरुमा नबिर्स मलाई २००५,नयनका आँसु, २००० का साथै दुईवटा म्युजिक भिडियो: तीजको गीतहरु “रातो राम्रो गुलियो मीठो” र “लौन साथी संगिनी तीजको रहर जाग्यो बजारमा छन ।

२०२८ साल चैत्र २८ गते घोपा सुनसरीमा बुवा स्व नारायण प्रसाद प्रसाई र आमा श्रीमती जयन्ता देवी प्रसाईको कोखबाट जन्मनु भएकी प्रसाईं स्नातक सम्मको अध्ययन गर्नु भएको छ । उनको श्रीमान बिशाल बिक्रम शाह र छोरा कबिनविक्रम शाह हुनुहुन्छ ।

प्रसाईं  संगीत सागर कला केन्द्र- संस्थापक सल्लाहकार, नेपाल साहित्य सञ्चार प्रतिष्ठान, इटहरी, सुनसरी- संरक्षक सदस्य, वाणी प्रकाशन बिराटनगर- आजीवन सदस्य (सेयर होल्डर) अच्छा राई रसिक प्रतिष्ठान- आजीवन सदस्य नेपाल् रेडक्रस- आजीवन सदस्य, नेपाल जेसीज- आजीवन सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय समिति – पूर्व कोषाध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पूर्व केन्द्रिय सल्लाहकार एन् एन्ड् जे इन्टरटेन्मेन्ट् इन्क NY- संस्थापक अध्यक्ष एन आर एन आई सि सि, सदस्य साहित्य बिभाग अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, केन्द्रिय सल्लाहकार रहनु भएको छ ।

त्यस्तै बाल गुरु षडानन्द पुरस्कार स्वर्गीय हरिभक्त कटुवाल स्मृति सर्वोत्कृष्ट गीती सहित्य पुरस्कर, २००५-२००६, “म बिनाको मेरो जीवन” गीती कविता संग्रहको लागि [अनेसास] नेपाल टेलिभिजनद्वारा प्रसारण हुने “ब्राइटर तिम्रो सुर मेरो गीत” कार्यक्रममा निर्णायकको भुमिका निभाए वापत सम्मान, २००२ नारी विकास संघ केन्द्रिय कार्यालयबाट, “खोई कहाँ छ उज्यालो ?” भिडियो फिल्मको कथावस्तुको निमित्त सम्मान तथा पुरस्कार जेसीज, रेयुकाई तथा शिक्षा क्षेत्रबाट पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ । उनका प्रकाशोन्मुख कृति: कविता संग्रह / पर्खाल उपन्यास- युगपुरुष कर्ण, साइनो भित्रको मान्छे र बाल गीतिएल्बम: मेरो कबिन छिट्टै बजारमा आउँदै छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv