सिद्ध पर्यटकीय क्षेत्र खप्तडमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’ आयोजना गरिने

काठमाण्डौं,जेठ ९ । नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’ आयोजना गरिने भएको छ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ २३ देखि २५ गतेसम्म सम्मेलन गर्न लागिएको जानकारी दिए ।

भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा मुख्यमन्त्रीसहित सदूरपश्चिम सरकारका अन्य पाँच जना मन्त्री, सभामुख, सांसद, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्रीलगायत उपस्थित थिए ।

शाहका अनुसार, सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । सम्मेलनमा भारतबाट योगगुरु रामदेव, ‘जगतगुरु’ बालसन्त, ‘आयुर्वेद शिरोमणि’ बालकृष्ण आचार्य पनि आउने सम्मेलन तयारी तथा व्यवस्थापन समितिका संयोजक हर्कबहादुर सिंहले जानकारी दिए ।

तयारीका लागि मुख्यमन्त्री शाहको संयोजकत्वमा ४ सय १ सदस्यीय मूल आयोजक समारोह समिति गठन भइसकेको उनले बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv