आइटिएफ तेक्वान्दो : काभ्रे च्याम्पियन
हेटौडा, जेठ १० । काभ्रे जिल्ला जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो टिममा च्याम्पियन भएको छ ।
हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो । दुई दिनसम्म चलेको आइटिएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्याटर्नतर्पm १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए । चितवन ६ स्वर्ण, दुई रजत र दुई कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य प्राप्त गर्यो ।
त्यस्तै चौथो स्थानमा रहेको काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो । ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । नुवाकोटले एक स्वर्ण र चार कांस्य पदक प्राप्त गर्यो । विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेताले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।