देशको प्रतिष्ठा बढोस् – निलाम्बर आचार्य ( कबिता )
कानूनको शासन होस्
कानून समतापूर्ण होस्
कार्यान्वयनमा समानता होस्।
नागरिकको आवाज सुनियोस्
गणतन्त्र ‘राजतन्त्रजस्तो’ नदेखियोस्
कानूनभन्दा माथि कोही नहोस्।
जनतामा उत्साहको वातावरण होस्
सुख समृद्धि निर्माण जोडतोडले चलोस्
देशको प्रतिष्ठा बढोस्।
निलाम्बर आचार्य