प्रदर्शनीको तस्बिर हेरेर फोटो खिच्न पर्यटक जब आकर्षित भए – खिम लामिछाने काजी (लेख )
पोखरा,जेठ १८ । पोखरा ग्राण्डी होटलमा पाटाको “बार्षिक शिखर सम्मेलन तथा एडभान्चर मार्ट-२०२३” “Pacific Asia Travel Association (PATA) को Annual Summit & Adventure Mart 2023)” चलिरहेको छ । नेपाल सहित २१ देशका २५० भन्दा बढि प्रतिनिधी सहभागी छन । सोहि अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (NFPJ Nepal ) ले सहासिक पर्यटन सम्बन्धि फोटो प्रदर्शनी पनि गरेको छ ।
करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू प्रदर्शनीमा राखिएको छ । मेरो पनि दुइ वटा फोटोहरु उक्त प्रदर्शनीमा समेटिएको छ । आज ११:०० बजे तिर फोटो प्रदर्शनी हेर्न म पनि पुगेको थिएँ । त्यति बेला फोटो प्रदर्शनीका संयोजक फोटो पत्रकार सुनील शर्मा जी ले एक जना बिदेशी (मलेसियन) नागरिक Gustino Basuan (ग्यास्टिनो बसौन) सँग मैले खिचेको फोटो अगाडी कुराकानी गर्दै रहेछन । म नजिकै गएर कुरा सुन्न थाले । Gustino ले भन्दै थिए “आज बिहान यो फोटो हेरेपछि होटेलको स्टाफलाइ यो फोटो कहाँबाट लिएको हो ? आज त्यहाँ पुग्न सकिन्छ र ? भनेर सोधे, स्टाफले उक्त फोटो खिचिएको ठाउँ बारेमा बताई दिनु भयो, म ट्याक्सीमा पुगे, त्यहाँ ठुलो शिवजीको मुर्ति पनि रहेछ । मैले त्यहाँबाट हिमाल हेरे तर फोटोमा देखिएको जस्तो सुन्दर देखिन, किनकि हिमाललाई बादलले ढाकिएको थियो ।
केहिबेर बसे तर हिमाल पुरै खुलेन, उसले मोवाइलबाट आफुले खिचेको फोटो पनि सुनिल जी लाई देखाउँदै थिए । ठिक त्येही बेला सुनिलजीले मेरो तर्फ इंकित गर्दै यी उही हो खिमकाजी जसले यो हिमाल खिचेको थियो । उसले मलाई अँगालो हालेर हात मिलाए । तिमी कस्तो लक्की मान्छे राम्रो मौसम हुदाँ तिमीले यो फोटो खिच्न पायौ भन्दै मलाई पछाडी धाप मारे ।
सुनिलजी ले भन्नु भयो यो कस्तो संजोक जुन फोटो हेरेर तपाई आज पुम्दिकोट पुगेर उक्त फोटो खिचेर पनि आउनु भो, र त्यहि दिन फोटो खिच्ने मान्छेलाइ समेत भेट्नु भो, तपाई पनि लक्की मान्छे । हामी सबै हाँस्यौ ।
पछी गुस्टिनो संग अन्तरंग कुराकानी भयो । उनि Sarawak Tourism Board, Malaysia को Senior Marketing Manger- Europe & Oceania का रहेछन । म पनि Assistant Marketing Manager, Manipal Teaching Hospital भन्दै आ-आफ्नो business card साटसाट गर्यौ । कुराकानी गर्दै जाँदा गुस्टिनो र मेरो धेरै रुचीहरु मिल्ने रहेछन । सबैभन्दा मिल्ने कुरा उनि फोटोग्राफी भने पछि हुरुक्कै हुने रहेछन र म पनि । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल स्वर्णिम अवसर जुटाईदिएकोमा धेरै धेरै आभार छ । ( लेखक पोखरामा रहेर फोटो पत्रकारिता गर्दै आउनु भएको छ ) ।