लाजनिती मा परीणत राजनिति..! – पदम भुल (लेख )
काठ्माण्डौ ,जेठ ३० । राज+निती, मिलेर बनेको यो महान शब्द राजनिति भित्र – ब्यक्ति,घर, परिवार, गाउँ, समाज, देश, जगत, जिबन, खुशी, हाँसो, आँशु, धन, दौलत, बल, बुद्धी, स्वर्ग, नर्क, वर्तमान भविष्य लागायत सबै कुरा यसै राजनिति भित्र छ । राजनिति बिना समाज चल्न सक्दैन त्यसैले यो राजनिति महान हो ।
राज – भनेको “शासन”
निति – समाज देश -समग्र लाइ समान तरिकाले चलाउन बनाइने नियम कानुन निति हो । तसर्थ, (राज+निती) मिलेर बनेको यो महान शब्द राजनिति भित्र – ब्यक्ति,घर, परिवार, गाउँ, समाज,देश, जगत,जिबन, खुशी, हाँसो, आँशु,धन,दौलत,बल, बुद्धी, स्वर्ग,नर्क, वर्तमान भविष्य लागायत सबै कुरा यसै राजनिति भित्र छ । राजनिति बिना समाज चल्न सक्दैन त्यसैले यो राजनिति महान हो .! राजनिति नै उज्वल भविष्य हो भन्ने मानिन्छ । हुन त म त्यस्तो विश्लेषक हैन, र मैले विष्लेषण गर्न मिल्छ कि मिल्दैन त्यो पनि थाहा छैन,तर म पनि एक सचेत नागरिकको हैसियतले मैले जाने बुझे अनुसार को वास्तविक परिस्थितिलाई औल्याउन पाउने अधिकार छ, गलत लाइ गलत र सहिलाइ सहि भन्नु म जस्तै सचेत नागरिकको कर्तव्य र दायित्व पनि हो ।
सरल सामान्य तवरले राजनिति को बारेमा मेरो बुझाई र दृष्टिकोण मैले माथि उल्लेख गरिसकिएको छु,अब राजनिति को बारे मैले भनिरहन पर्दैन,हामि सामान्य व्यक्तिको भन्दा धेरै फराकिलो,गहकिलो तवरले राजनितिको व्याख्या गर्ने धेरै राजनितिक विश्लेषक हुनुहुन्छ । माथि उल्लेखित कुराले राजनिति प्रत्येक नागरीक समाज र राष्ट्रको उज्वल भविष्यको आधार हो भन्ने कुरा प्रष्ट देखिन्छ र हो पनि । तर, पछिल्लो समयमा नेपाली राजनिती परिपाटीले भने, राजनितिको अर्थ र पहिचान छुट्टै दिएको छ । केहि सिमित बाहेकलाइ राजनिति भनेको राजनीतिक दल (पार्टी) तिनिहरु बिचको आपसी मतभेद लाइ राजनिति बुझिएको छ । राजनितिक दल र वर्तमान परिस्थिति, तपशिलको मेरो भनाइमा राजनितिक दल ले केहि गरेन,गर्दैन,भन्ने हैन, छैन, भन्नपनि मिल्दैन, नेपाल र नेपाली जनताको हक अधिकार सुनिश्चित गर्न जनताको स्वतन्त्रताको प्रत्याभूति दिन राजनिति दल वा राजनितिले ठुलो योगदान दिएको छ ।
नेपाल मा जहानियाँ राणा शासन को अन्त्य, पंचायती ब्यवस्था को अन्त्य, २४० वर्षे राजतन्त्र को अन्त्य लगायत थुप्रै परिवर्तन भएको छ । यो ऐतिहासिक उदाहरणिय र स्वागतयोग्य पनि छ । बहुदलीय व्यवस्थामा कुनैपनि राजनितिक दलको स्थापना राजनिति गर्नको लागि हुन्छ, जस्को उदेश्य कानुन निर्माण र कार्यान्वयन गरि समाज र राष्ट्रलाई सहि मार्गनिर्देशन गरेर सामाजिक न्याय, सहित सुशासन को अनुभुती दिलाउने हुन्छ तर पछिल्लो समयमा राजनितिक दलहरुले ठिक उल्टो काम गरिरहेको कुराहरु यहाँ उल्लेख गर्नपनि लाजमर्दो कुरा छ । देश र समाजको हितका लागि मानिने राजनितिक दल र तिनका नेताहरु ले अहिले समाज रुपान्तरण,विकास र परिवर्तन भन्दा कसरी कसलाई ठगेर, कसरी कसलाई कमजोर बनाएर, आफ्नो हालिमुहाली चल्छ त्यो कुराको होडबाजी चलिरहेको छ ।
एउटा खेमाले समाजवाद को नारा लाएको छ । अर्कोले साम्यवादी व्यवस्थाको परिकल्पना गरेको छ । जसले जे सुकै परिकल्पना गरेपनि यिनिहरुको चालचलन व्यहाेरा भने नत समाजवादी व्यवस्थाको लायक छ नत साम्यवादी व्यवस्थाको लायक छ । विश्वका कतिपय मुलुकहरू विकासको गतिले नमुना बनिसकेका छन् यो त टाढा को कुरा हो कुनै बेला मुस्किलमा नेपालले सहयोग गरेका देशहरू आज नेपालको अगाडि कति माथिल्लो स्तरमा छन । हाम्रो देश नेपाल- नेपाली राजनितिक दलको गलत राजनिती परीपाटी र गलत राजनिती संस्कार को कारण आज लाजमर्दो अवस्थामा पुगेकाे छ । राजनिति दलहरुमा देश विकासको प्रतिस्पर्धा छैन ! यहाँ त प्रतिस्पर्धा ! कस्ले कति लुट्न सक्ने ? कस्ले कति ठग्न सक्ने ? कस्ले कति आफन्त नातागोता सेटल गर्न सक्ने ? कसले कति पुस्ताको लागि लुटिखान सहज बनाउने ? त्यो प्रतिस्पर्धा छ, यतिमात्र कहाँ, हो र हामि भन्ने हरुलाई पनि लाज सरम लाग्छ । यहाँ त राजनितिक नेतृत्वले मान्छे नै बेच्ने प्रतिस्पर्धा चलिरहेको छ । धर्म कर्म संस्कार संस्कृति सभ्यता हराइसक्यो । आज भगवानको मन्दिरको नाममा ठगि छ, मस्जिदको नाममा ठगि छ, चर्चको नाममा ठगि छ, बलात्कार गर्ने बलात्कारी राजनितिक दलका आडमा सानसम्म हिनेकोछ । विकास निर्माणमा वाधा पुर्याउने ठेकदार योजना लथालिङ्ग पार्दै, पैसा खाएर बसेको छ । काम गर्दैन तर उ राजनितिक दलको संरक्षणमा छाति फुलाएर सान सम्म हिंडेकाेछ । बलियाहरुले गाउँ समाजमा दादागिरी गर्दै हिंड्छन् । कमजोर गरिबहरुलाइ दबाउदै हैकमवाद चलाइ रहेका छन् । उसलाई लोकतन्त्र गणतन्त्र ले कुनै फरक पार्दैन । गरिब निमुखा जनताहरू रोइरहेका छन । गुण्डालाई कानुनी कटघरामा उभ्याउनु को साँटो राजनितिक संरक्षण संगै पार्टी को महान कार्यकर्ता मानिन्छ । पढेलेखेका इमान्दार मान्छेलाइ थाहा दिइदैन तर टाठाबाठा,ठग, गुण्डागर्दी, हुनेखानेहरुको मिलेमतोमा विकासका योजनाहरूमा उपभोक्ता समिति गठन हुन्छन र उनले सर्वसाधारण को आँखामा छारो हालेर समिति बनाउँछन । कहि त ५%पनि काम हुदैन, कहि कतै ४५% काम हुन्छ बाँकि उपभोक्ता समिति र सम्बन्धित निकाय मिल्छन र बाँकि पैसा स्वहा हुन्छ तर भ्रष्टाचारीहरु राजनितिक दलको संरक्षणमा खुल्लमखुल्ला हिंड्दा पनि उसलाई कसैले केही भन्ने आँट गर्न सक्दैन । के यहि हो मर्यादित राजनीति ? जनता भोकै भोकै मरेका छन, कृषक मल नपाएर तड्पिरहेका छन, विरामिले औषधि नपाएर मरिरहेका छन, गरिब निमुखा जनताका छोराछोरी कापि कलम नपाएर पढ्न पाएका छैनन, उधोग कलकारखाना बन्द छन्, बेरोजगारी समस्या दिन दिनै तिव्रगतिले बढिरहेको छ, जलस्रोत को धनि देश, तर पिउने पानी छैन, गाँउमा बिजुली छैन, किसानले उत्पादन गरेको तरकारी बजार नपाएर रोइ रहेका छन, यसमा कसैको चाँसो चिन्ता छैन । राजनितिक दलहरु सत्ताको खेलमा देशलाई कंगाल बनाइ रहेका छन् । कुर्सिको लडाइ मा ब्यस्त छन, कमिसन को बाटोमा दौडिरहेका छन । राष्ट्रिय हित भन्दा ब्यक्ति विशेषको स्वार्थमा ब्यस्त छन,आज यि राजनितिक दलका घृणित कार्यहरू ले राजनिति प्रति वितृष्णा जागेको छ ।
शिक्षा तथा स्वास्थ्य – शिक्षा अध्यारो संसार बाट उज्यालो मार्गमा लैजाने एक आधारशिला हो, शिक्षा बिना जिबन अधुरो हुन्छ, शिक्षाले जिबन जगत बदल्न सबल वनाउछ, शिक्षाले राष्ट्रनिर्माता उत्पादन गर्छ,देशको भविष्य निर्माण गर्छ तसर्थ शिक्षा जिबन हो ! तर यहाँ शिक्षाको मन्दिर मानिने स्कुल कलेज हरुमा राजनितिक दलका फोहोरी टिम बनाएर स्कुल लाइ राजनितिक पार्टिका अखडा बनाइएका छन, भविष्यका कर्णधार जन्माउने स्कुल बाट गलत राजनितिक संस्कार जन्मिरहेको छ, शिक्षक छनौट गर्दा उस्को योग्यता क्षमता दक्षता हेरिदैन उ कुन राजनितिक दलको चम्चा हो ? उ कुन दलको सदस्य हो उ कुन नेताको नजिक को हो ? त्यो हेरेर शिक्षक भर्ना हुन्छ, विद्यालय व्यवस्थापन समिति स्कुल को हितमा कामगर्ने इमान्दार मान्छे हैन सेटिङ मिलाएर खान र खौन सक्ने कुन राजनितिक पार्टिको नेता हो त्यो हेरिन्छ ? शैक्षिक क्षेत्रमा विकास कसरी गर्ने ? विद्यार्थी को भविष्य बारे के गर्ने ? शिक्षा क्षेत्रको गुणस्तर कसरी बृद्धि गर्ने भन्ने तिर भन्दा यहाँ कुन राजनितिक दलको बढि वर्चस्व कायम गर्ने कसरी लुटपाट गर्न सकिन्छ भन्ने प्रतिस्पर्धा हुन्छ । शिक्षा जस्तो पवित्र ठाउँलाई यस्तो घृणित राजनिति गर्ने थलो बनाएको छ, अनि कसरी होस शिक्षा क्षेत्रको विकास ? हिजो पढि लेखि के बन्छौ बाबू भन्दा डक्टर, इन्जिनियर, पाइलट, आर्मि , पुलिस, ठुलो मान्छे बन्छु देश बनाउछु भन्थ्यो, आजको ७/८ कक्षा पढ्ने बच्चालाई पढि लेखि के गर्छौ बाबू भनेर सोध्यो भने , ह्या नेपालमा केही छैन १० पास गरेपछि बिदेश को तयारी गर्छु बिदेश जान्छु पैसा कमाउँछु भन्छन यो कतिसम्मको दुखको कुरा हो यहि हो हाम्रो राजनितिक शिक्षामा भएको उपलब्धि ? कसरी हुन्छ देश विकास ,यहि हो राजनिति ? जनता सिटामोल नपाएर मरीरहेको छ, स्वास्थ्य मन्त्रि औषधिमा कमिसन खाएर भ्रष्टाचार गर्ने राजनितीमा योभन्दा ठुलो लाजमर्दो घिनलाग्दो कुकर्म अरु के नै हुन सक्छ, यसमा धेरै लेख्नै पर्दैन, जनताले स्वास्थ्य क्षेत्रका पिडा बुझेको छन, नेताहरु लाइ औषधि उपचार गर्न राज्यको ढुकुटी बाट करोडौ खरोबौ रकम विदेशका ठुलो ठुलो हस्पिटल मा खर्चिन पाइन्छ भने जनताको लागि स्वास्थ्य सेवा बारे राजनितिक दल र नेता कसरी चिन्तित बनुन , यो पनि एक खाल्को गलत राजनिति समस्या नै हो ।
स्थानीय सरकार :- बिभिन्न समयमा विभिन्न खालका राजनितिक आन्दोलन ले जनताको जिवनयापन सहजताका लागि विभिन्न खालका ढाँचा तय गरेको छ, विभिन्न समयमा विभिन्न खालका व्यवस्था परिवर्तन भएका छन, जनताको हकअधिकार सुनिश्चित गर्नको लागि जहानियाँ राणा शासनको अन्त्य भयो,त्यसले पनि पुगेन पंचायती व्यवस्थाको अन्त्य भयो, प्रजातन्त्र ले पनि पुगेन, २४० वर्षे राजतन्त्र को अन्त्य गर्न १० वर्ष जनयुद्ध भयो हजारौं गरिबका छोराछोरी ले बलिदानी दियो,६२/६३ को १९ दिने जनआन्दोलन ले आँधिबेहरी ल्यायो, गरिब निमुखा असाहय अशक्त हरुको लागि राजा महाराजा हरुको अन्त भयो गाँउ गाँउमा सिहदरवार बन्ने भए लोकतान्त्रिक गणतन्त्र को स्थापना भयो भन्ने राजनितिक नारा लगाइयो सहरको सरकार अब गाउँमा आउने आश्वासन बाटियो , आज ठ्याक्कै त्यो उल्टो परिणत भयो, काठमाडौं को महाराजा को अन्त्य हैन झन गाँउ गाँउमा राजा जन्मिए, स्थानीय सरकार फुलवारी हैन, महंगिको कष्टपूर्ण भारी बन्यो, सरकारी कामकाजको लागि ५ रुपैयाँ हुने सिफारिस आज ५०० रुपैयाँ पुगेको छ, गाँउमा भ्रष्टाचार बढ्यो, दादागिरी बढ्यो, हुनेखाने हरुको हालिमुहाली बढ्यो स्थानीय सरकार ले गाँउ गाँउमा सिहदरवार को हैन सामन्तवाद हैकमवाद को महसुस गरायो, जनताका पिडा ज्यू का त्यूँ नै रहे के यहि हो राजनिति ? जनप्रतिनिधि बाटै जातियताको आधारमा विभेद, जनप्रतिनिधि बाटै लैङ्गिक विभेद, जनप्रतिनिधि बाटै भ्रष्टाचार, यहि हो हाम्रो हितकारी राजनीति ? यहि हो जनताको लागि गाँउमा आएको सिहदरवार ? यो परिस्थिति लाइ लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था भन्न पनि लाज लाग्न थाल्यो, ।
विकास निर्माण का कुरा गर्ने हो भने- उसो त विकास भन्ने कुरा कहिल्यै सकिदैन यो समय अनुसार बदलाव हुदैजान्छ,जति समय बदलिदै जान्छ उतिनै समस्या थपिदै जान्छन,उतिनै आवश्यकता बढ्दै जान्छन, तरपनि ईमान्दारिता साथ काम गर्छौ भने समयानुकूल केहि न केहि भने पक्कै हुन्छ । यहाँ ईमान्दारिता भन्दा पनि पावर र राजनीतिक आडमा योजना तय हुन्छन, त्यहाँ राजनितिक आडमै आवश्यक काम विना मिलिजुली योजना फर्स्यौट हुन्छन, नेताहरु लाई कमिसन चाहियो, पार्टी लाइ चन्दा चाहियो, ठेकदार र उपभोक्ता समिति लाइ फाइदा चाहियो, बिल भौचर पास गर्ने इन्जिनियर लाइ गलत काम सहि गरेर मिलाए वाफत घुस चाहियो । सम्बन्धित योजना गुणस्तर होसकि नहोस मतलब छैन, तर सबैलाइ घुस र कमिसन खान चाहियो, केहि भएन भने टोलेगुण्डा र थोरै बोलबचन वालाहरु लाइ दारु मासु को पार्टी चाहिन्छ, यो सबैकुरा व्यवस्थापन गर्न लागत अनुसार को योजना बन्दैन अनि कसरी होस विकास यो सबै हुनुको प्रमुख कारण घृणित हर्कत र राजनितिक संरक्षण नै हो ।
यस्ता यस्तै घृणित राजनितिक गतिविधिको कारण चरम वेरोजगारी समस्या निम्तिएको छ, उर्जाशिल युवा जनशक्ति दिनप्रतिदिन वैदेसिक रोजगारी को लागि विदेश पलायन भइ रहेका छन, गाँउ बस्तिहरु उजाड छन, कहिले कुनै पार्टीको कहिले कुनै पार्टीको सडक आन्दोलन चलिरहेका छन, उपलब्धि केहि छैन, हिजोको राजनितिक उपलब्धिलाई पनि संरक्षण को साँटो लोकतान्त्रिक गणतन्त्र लाइ समाप्त पार्न तिर तल्लिन छौं, जनताको गास बास कपास शिक्षा स्वास्थ्य रोजगारी को ग्यारेन्टी गर्नुको सट्टा राजनितिक दलका उच्च ओहोदामा रहेर कोहि बलात्कार केसमा ,कोहि हत्या आरोपमा, कोहि भ्रष्टाचार मा त आरोप लागि रहेका छन नै, लाजमर्दो कुरा अब त जनतालाई बेचेर पनि पैसा कमाउने काम पनि गर्न थाले, अनि यो राजनिति लाजनिती मा परिणत भएको मान्ने कि नमान्ने ? यसलाई राजनिति भन्ने कि लाजनिती ? देश र जनतालाई अनुसासन संस्कार सभ्यता निति नियम कानुन सिकाउने देशको भविष्य मानिने जनताले चुनेर पठाएको संसदमा अनुसासन छैन, संस्कार सभ्यता छैन, संसद जस्तो मर्यादित ठाउँ को थोरै मानमर्दन सम्म ख्याल गर्दैनन, गुण र दोसको आधारमा, हैन राजनितिक दल र गुटको आधारमा विरोध समर्थन गर्छन, नेताले भ्रष्टाचार गर्छ,ठगि गर्छ, बलात्कार गर्छ, हत्याहिंसा गर्छ,दलालि गर्छ, जनतालाई नक्कली बनाएर पैंसा कमाउछ,जस्ले मान्छे जिउँदै पोल्छ, जस्ले सरकारी जग्गा नै बेच्छ, जस्ले खुल्लमखुल्ला घुसको माग गर्छ, यिनि राजनितिक दलका नेता कार्यकर्ताले आफ्नो टिम समुह लाइ जे गरेपनि पवित्र ठान्छन गलत लाइ लुकाउँछन, तलका समाज नबुझ्ने अल्लारे कार्यकर्ता जे भन्यो त्यही राम्रो मान्छन, माथिल्लो तहमा सबै भ्रष्टहरु मिलेर बस्छन तल आपसमा टिका टिप्पणी गरेर समाज लाइ दुर्गन्धित बनाउछन , यस्ता सयौं कारण ले गर्दा हिजो नेता र राजनितिक दल भनेपछि निकै मर्यादित मानिने ठाउँमा आज नेता र राजनितिक दल हरु गालि खाँदै छन,हिजो नेता आउने भनेपछि काम छोडेर फुलमाला बोकेर आउने जनता आज – नेता आउने भनेपछि भन्ने मान्छे लाई पनि गालि गर्छन, यतिमात्र होइन नेतालाई गाँउ बाट ढुङ्गा मुडा हानेर लखेटेको उदाहरण छन, मंचमै झापड हानेको छन यो वातावरण सृजना हुनुको मुख्य कारण राजनिति लाइ लाजनितिमा परिणत गर्नु नै हो ! तसर्थ यो राजनीति भन्दा पनि लाजनिती हो ! लेखक सामाजिक अभियान्ता हुन ।