रबि लामिछानेले सात गते देशै हल्लाउने , के सम्भव होला ? ( भिडियो )
काठमाण्डौं,असार २ । रास्वपाका सभापति रवि लामिछानेले कमजोर न्यूज रुम लोकतन्त्रको लागि खतराको घण्टी भएको बताएका छन् । उनले न्यूजरुम नबिकोस र नडराओस भनेका छन् । उनले गत वर्ष आजकै दिनबाट आफूले सञ्चारकर्म छोडेर राजनीतकि यात्रा सुरु गर्ने घोषणा गरेको स्मरण गराउँदै उनले भनेका हुन ।
रास्वपाको काठमाण्डौंको क्षेत्र नम्बर ७ को भेलामा सम्बोधन गर्दै भने मैले यस् कार्यक्रम मा आउनु पुर्व नै आफ्नो फेसबुक स्ट्याटसमा लेखेको छु “गत वर्ष आज कै दिन बाट मैले संचारकर्म छोडेर राजनीतिक यात्रा शुरु गर्ने घोषणा गरेको हुँ।
म सायद अब न्युज रुममा नफर्कुला तर यो देशको न्युजरुम कमजोर बनेको यताबाट देख्न नपरोस्। स्व- स्याबासी मा रमाएका ओपेनियन मेकर्स बाट इत्तीपनि नतर्सीकन न्युज रुमलाई जोगाउनु होला। लेख्दालेक्दैको समाचार रोक्नु परेको र नचाहिने समचारको भारी बोक्नु परेको पीडा मनमा बोकेका साथीहरु हो, न्युज रुम जोगाउनु होला। न्युजरुम नबिकोस्,नडाराओस्।
कमजोर न्युज रुम लोकतन्त्रका लागि खताराको घण्टी हो। राज्यका तिनै अंगहरुको स्क्रुउ (पेच) हल्लिसकेको छ,चौथो अंगले कसोस्। केही वर्ष सेवा गरेको पेशा प्रती यति चिन्ता गर्ने हक दिनु होला। ” हेर्नुहोस् आज उनले सम्बोधन गरेको भिडियो :-