मुन्दुम ट्रेल लिएर आए श्याम साम्सोहाङ राई ( भिडियो सहित )
काठमाण्डौ,असार ४ । गायक तथा सङ्गीतकार श्याम साम्सोहाङ राई द्धारा लिखित “मुन्दुम ट्रेल” पुस्तक बिमोचन भएको छ । प्रमुख अतिथि पर्यटन मन्त्री सुदन किरातीले शनिबार काठमाण्डौंको मण्डला थियटरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको बिमोचन तथा लोकार्पण गरेका हुन् ।
पुस्तकमा मुन्दुम भ्रमणका बेला देखे भोगेका अनुभव र अनुभुती संगालेर लेखिएको संस्मराणात्मक कृति रहेको लेखकले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने ‘यो एउटा ऐतिहासिक दस्तावेजिकरण कार्य भएको छ । यसले भावी पुस्तालाई आकर्शक पर्यटकिय गन्तव्यको स्वादसँगै किराती संस्कृति, सभ्यता र इतिहासलाई जिवित राख्ने काम गरेको छ । त्यस्तै पुस्तक बारे साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राज मुकारुङ,पत्रकार तथा अख्यानकार भानु बोखिम आआफ्नो अभिब्यक्ती ब्यक्त गर्नु भएको थियो ।
पुस्तकमा पदमार्ग सहित किरात मुन्दुमी मिथकहरु जानकारी समावेश गरिएको छ । पूर्वी नेपालमा बसोबास गर्ने किराती समुदायको मौलिक संस्कार संस्कृती विश्वमा पृथक रहेकोले यसलाई प्रकृतिसँग अन्तरघुलन गर्दै पर्यटकलाई आकर्षण गर्नु मुन्दुम ट्रेलको मुल उद्देश्य रहेको मुन्दुम ट्रेलका अभियान्ता समेत रहेको लेखक सामशोहाङ राईको भनाई रहेको छ। (तस्बिर रतन चन्द फोटोपत्रकार ) हेर्नुहोस् भिडियो :-