नेपालमा गणतन्त्र र इन्डो/अमेरिकी योजना : अर्जुन ज्ञवाली ( बिचार )

काठमाण्डौं,असार ८ । कुनै पनि देशमा जब राजनीतिक दलहरू गैर जिम्मेवार हुन्छन् राष्ट्रले विकल्प खोजिरहेको हुन्छ। त्यो अवस्थामा सेनाले निकास दिन सकेन भने त्यस्तो सेना विघटन हुन्छ । सुरक्षा अधिकारीहरुलाई  इतिहासको हेक्का होला सन १९६० को दशकमा अफगानिस्तानमा राजा जाहिर शाह बिस्थापन गर्ने सेनाको अदुर्दर्शिताको कारण उक्त सेना विघटन भयो देश वैदेशिक क्रिडास्थल बन्यो ।

चाहे तत्कालीन सोभियत सङ्घको हस्तक्षेप होस या तालिवान मार्फत सिआइएको कब्जा।सन १९८० को दशकमा कम्बोडियामा राजा नरोद्द्म सिम्हानुकलाई सेनाले कु गर्‍यो जसरी अफगानिस्तानमा गरेको थियो ।

कु पछी उक्त सेना विघटन भयो । अब पालो नेपालको डा.स्वर्णिम वाग्लेले संसदमा नेपाली सेनाको सङ्ख्या घटाउने एजेन्डा उठाउदा र यहीँ एजेन्डा केहि समय पुर्ब हिमाल खबर पत्रिकामार्फत उठाइएको थियोे ।

जो जो ले उठाएपनी यदि सेनाले २०५८ जेष्ठ १९ को हार्ड सैन्य कु र २०६४ जेष्ठ १५ को सफ्ट कु सचाउदैन भने कम्बोडिया र अफगानिस्तानमा जस्तै विघटन निश्चित छ । जसरी अफगानिस्तानमा र कम्बोडियामा गणतन्त्रको भारी जोजोले बोकेपनी वास्तवमा गणतन्त्र अमेरिकी आडभरोसामा सेनाले ल्याएको थियोे सचाउन सकेन उक्त सेना विघटन भयो ।

नेपालमा पनि जोजसले गणतन्त्रको भारी बोकेपनी गणतन्त्र इन्डो/अमेरिकी योजनामा सेनालेनै ल्याएको हो । सचाउन नसके यो सेनाको विघटन हुन्छनै जग बिनाको घर जसरी भत्किनछ लिगेसी बिनाको सेना पनि विघटन हुन्छ।यसकारण सङ्ख्याको चिन्ता लिनुपर्दैन। नेपाली सैनिक जनरलहरुलाई इतिहासको हेक्का रहोस् । (लेखक अर्जुन ज्ञवाली राजनीतिक बिश्लेषक हुन ।)



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv