मकवानपुरको लटरम्मेश्वर महादेव मन्दिर, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

मकवानपुर,असार १३ । पछिल्लो समय टिकटक तथा अन्य सामाजिक सञ्जालमा ‘भाइरल’ भैरहेको लटरम्मेश्वर महादेव स्थान जिल्लाको नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दैछ ।

मकवानपुरको बकैया गाउँपालिका- १२ तथा भीमफेदी गाउँपालिका- ८ को सिमानामा रहेको डब्लु डाँडाको थुम्कोमा रहेको छ लटरम्मेश्वर महादेव मन्दिर । आजभोलि दैनिक सयौं व्यक्तिहरु सुन्दर दृश्यावलोकन तथा महादेवको दर्शन गर्न जाने गरेका छन् ।

काठमाडौं उपत्यका तथा मकवानपुरको हेटौंडासहित वीरगञ्ज, बारा, रौतहटलगायतका क्षेत्रबाट सयौंको संख्याका आन्तरिक पर्यटक उक्त स्थल पुग्ने गरेका हुन् ।

कसरी भयो भाइरल ?
लटरम्मेश्वर महादेव मन्दिर बकैयाको ठिंगन तथा भीमफेदीको इपाका वासिन्दाको लागि नयाँ तथा नौलो नाम हैन । तत्कालीन इपा र ठिंगन गाविसका स्थानीय वर्षमा एक पटक भए पनि मन्दिर पुग्दै आएका छन् । करिब २ घण्टा ४५ मिनेटको ठाडो उकालो पैदल यात्रापछि पुगिन्छ मन्दिर ।

केही सामजिक सञ्जालका पेज तथा मकवानपुरका स्थानीय अनलाइन मिडियाले तस्बिर र भिडिओसहितको खबर प्रकाशन गरेपछि उक्त स्थलमा देशभरका मानिसहरुको आँखा पुग्यो । मन्दिर पुगेका केही व्यक्तिहरुले त्यहाँको सुन्दर दृश्य टिकटक, युट्य्ब तथा फेसबुकमा अपलोड गरेपछि लटरम्मेश्वर महादेव मन्दिर एकाएक भाइरल बन्न पुग्यो ।

कसरी पुग्न सकिन्छ ?
काठमाडौं उपत्यका तथा हेटौंडाबाट (कान्ति लोकपथ) हुँदै यात्रा गर्दा बीचमा अर्थात ४४ किलोमिटरमा बकैया १२ को ठिंगन भन्ने स्थान आइपुग्छ । ठिंगनको खोरभञ्याङबाट करिब ३ किलोमिटर उत्तरतर्फको कच्ची सडकको यात्रापछि रातोमाटेमा पुगिन्छ । पैदल यात्रा आरम्भ गर्ने यहींबाट करिब २ घण्टा ४५ मिनेट उकालो बाटो हिँडेपछि लटरम्मेश्वर महादेव मन्दिर पुगिन्छ ।

भिरालो तथा जोखिमपूर्ण यात्राबीच त्यहाँबाट देखिने बागमती नदीको दृश्य, लालीगुँरास फुल्ने डाँडा, मिनेटैपिच्छे परिवर्तन भैरहने मौसमले हिँडाइको थकानलाई समेत भुलाइदिन्छ । यहाँको प्रमुख विशेषता भनेकै चिसो मौसम अर्थात प्रत्येक मिनेटमा परिवर्तन हुने मौसमको अनुभूति हो ।

यहाँ एकैछिनमा बादलले ढाक्छ, भने अर्को क्षणम बादल खुलेर सफा आकाश देख्न सकिन्छ । पैदल यात्राको क्रममा बाटोमा झरेका वास्नादार फूलले आनन्दित र सुवासित बनाउँछ । बाटोमा फलेका ऐसेलु, अंगेरी खाँदै लटरम्मेश्वरमा पुग्न सकिन्छ ।

डब्लु डाँडाको पहिलो थुम्कोबाट बीचको थुम्को अर्थात महादेशस्थल पुग्ने क्षण सबैभन्दा धेरै आकर्षक देखिन्छ । भाइरल भएको सिँढी रहेको उक्त स्थलको मौसम सबैभन्दा मनमोहक छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv