यात्रुका आफन्तको चाप बढेपछी त्रिभुवन विमानस्थलमा नयाँ नियम लागु हुँदै
काठमाण्डौं,असार १३ । त्रिभुवन बिमान्स्थलमा पछील्लो समय भिड बढेपछी विमानस्थलमा नयाँ नियम लागु हुने भएको छ । विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । समितिको बैठकले भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको निष्कर्ष निकालेको हो ।
विदेशको उडान साँझ परेपछि हुने हुँदा बेलुकीपख अन्तर्राष्ट्रिय ट्रमिनल भवन अगाडि यात्रुका आफन्तहरूको ठूलो भीड लाग्ने गर्छ ।