पत्रकार र पर्यटन बोर्डका सिईओ बिच अन्तरक्रिया सम्पन्न
काठमाडौं,असार २० । नेपाल पर्यटन बोर्डको सिईओ डा. धनञ्जय रेग्मीले नेपालको विशेषगरि काठमाडौं उपत्यकामा रहेर विभिन्न मिडियामा पर्यटन विट हेर्ने पत्रकारहरुलाई निमन्त्रणा गरि अन्तरकृया कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा नेपालमा बाह्य तथा आन्तरिक पर्यटन बृद्धि गर्नलाई के कसो गर्न सकिन्छ ? यसका समस्याहरु के के छन ? कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पर्यटन पत्रकारहरुसंग बृहत छलफल गरि सल्लाह सुझाव लिनुको साथै नेपाल पर्यटन बोर्डले गर्दै आएको पर्यटन प्रर्बद्धन सम्बन्धि कामहरु र आगमी दिनहरुमा के के गर्दै छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
रेग्मीले नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षका लागि लगभग एक अर्ब ३० करोड रूपैयाँको बजेट ल्याउने तयारी भएको जानकारी गराउनु भएको थियो ।
मंगलबार बोर्डमा आयोजित अन्तर्क्रियामा बोल्दै सिइओ रेग्मीले आगामी आर्थिक वर्षको बजेटको ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी २० प्रतिशत रकम पर्यटन पूर्वाधारमा खर्चिने बताउनु भएको छ।
पछिल्लो समय पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ।
विदेशी पर्यटक बढाउन सरकारसँग हातोमालो गर्दै अघि बढ्ने समेत सिइओ रेग्मीले बताए। उनका अनुसार बोर्डले विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम, फ्याम ट्रीप, बिटुबी मिटिङ लगायत कार्यक्रम मार्फत प्रवर्द्धन गर्नेछ। कार्यक्रमको सहजकर्ताको भूमिका मिडिया कन्सल्टेन्सी टिपी भुषालले गर्नु भएको थियो ।