०८४ को चुनावमा कांग्रेसलाई किन भोट हाल्ने ? – अब्दुल सत्तार (बिचार )
काठ्माण्डौ,असार २४ । १३औं महाधिवेशन पछिको २ बर्ष पार्टीका नेताहरुको जुँगाको लडाइँमा बित्यो । ०७४ को राष्ट्रिय निर्वाचनमा पार्टीको हारको जिम्मा कस्ले लिने भन्नी विषयमा कस्ले जिम्मा लियो कार्यकर्तालाई केहि थाहा भएन । यति हहुँदै गर्दा १४ औं महाधिवेशन सुरु भयो। सबै आफ्ना आफ्ना गुट उपगुट कसरी बलियो बनाउनेतर्फ तल्लीन भए,गाउँ गाउँमा गए ।
कुनै अमुक ब्यक्ती लच्छित गुटहरु सक्रिय भए । तर केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुले के बुझे भने कुनै अमुक ब्याक्तीलाई नेता बनाउने प्रपन्च मात्र रहेछ मुलुक ,जनता र बिकासको लागि होइन रहेछ भन्नी बुझे। जस्ले गर्दा पुस्तान्तरण भन्ने मुद्दाको पुर्ण विराम लाग्यो ।
अब आयो रुपान्तरण – रुपान्तरणको छेउ के हो र टुप्पो के हो? यो पनि अमुक शव्द नै हो । यस्को ब्याख्या अहिलेसम्म यस्का अभियान्ताले पनि कार्यकर्तालाई बतएका छैनन् । कहाँ र को बाट सुरु गर्ने भन्नी टुंगो देखिदैन ।
यस कारण पनि आफू पार्टीमा स्थापित हुने बाहेक अरु केहि देखाएको छैन ।
पार्टीको अधिबेशनको समयमा जति गुट बनाएर निर्वाचनमा जाँदा पनि हुन्छ । तर निर्वाचनको परिणाम पछि गुट नभई पार्टी हुनु पर्छ ।
एउटा गुटको ईर्ष्याले अर्को गुट बनाउँदा दुइटै गुट कम्जोर हुँदैगर्दा अन्तमा पार्टी नै कम्जोर हुनपुग्छ । अहिलेको अभियान भनेको सरकारको काममा खबरदारी गर्ने जनतका आवस्यकतालाई उजागर गर्ने कसरी स्थानीय स्तरमा रोजगार सिर्जना गर्न सकिन्छ गाउँ गाउँमा छलफल चलाउने । कसरी भ्रस्टाचारको अन्त्य गर्न सकिन्छ, कसरी सुशासन कायम हुन्छ यो अहिलेको अभियानलाई हामी सबै मिलेर गाउँ केन्द्रित गर्न जरुरी छ ।
नेपाली कांग्रेसका कार्यकर्ता तथा नेताको उर्जा खाली आन्तरिक खिचातानीमा खर्च गर्यौं भने २०८४ को आम निर्वाचनमा कांग्रेसलाई जनताले किन भोट हाल्ने ? गम्भीर प्रस्न खडाभएको छ ।
(लेखक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुनुहुन्छ ।)