आईसेक इन काठमाडौंले फ्रेन्चाइज कार्यक्रम सफलतापूर्वक सम्पन्न
काठमाण्डौं,असार २८ । आईसेक इन काठमाडौंले आफ्नो फ्रेन्चाइज कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेशनल कलेज, धुमब|र|हीम| जुलाई १ मा “इन्गेज। एम्पावर। कमिट ।” भन्ने नाराका साथ कार्यक्रम SDGs 12 र 13 मा केन्द्रित थियो।
कार्यक्रममा उपस्थित युवाहरुले चर्चित व्यक्तिहरुसँग घुलमिल हुने र विश्वको पछिल्लो घटनाक्रमबारे जानकारी लिने अवसर पाएका थिए ।
युवाहरूले दिगो भविष्यको खोजीमा जारी समस्याहरूको समाधान खोज्न पनि सक्रिय रूपमा भाग लिए।
कार्यक्रममा विभिन्न पृष्ठभूमिका ५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने मुख्य वक्ता, ६ जना प्रख्यात प्यानल र ३ जना सशक्तिकरण कार्यशाला सहजकर्ताहरुको पनि सहभागिता रहेको थियो ।