गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा २० हजार तीन सय ६८ वटा उजुरी

काठमाण्डौं,साउन १ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगलमा आर्थिक वर्ष २०७९/०८० मा २० हजार तीन सय ६८ वटा उजुरी परेको छ । आयोगमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको उजुरीको संख्या सात हजार एक सय ६२ रहेको थियो ।

अघिल्लो वर्षबाट दायित्व सरेर आएको उजुरी र २०७९/०८० को उजुरी गरी कूल २७ हजार पाँच सय तीस उजुरीमा आयोगले १८ हजार दुई सय ४५ उजुरी फछ्र्यौट गरेका छ । बाँकी उजुरीहरु अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ ।

आयोगमा गैरकानुनी लाभ हानी, घुस (रिसवत), सार्वजनिक सम्पत्तिको हानी नोक्सानी, गैरकानुनी सम्पत्ति आर्जन, नक्कली शैक्षिक प्रमाणपत्र, राजश्व हिनामिना लगायतको उजुरी परेको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv