नक्कली भुटानी नागरिक प्रकरण देखि बालुवाटारको ललिता निवास प्रकरणमा के ओलीको कनेक्सन छ ? – अर्जनु ज्ञवाली (लेख)
अर्जुन ज्ञवाली , काठमाण्डौं,साउन १३ गते । नक्कली भुटानी नागरिक प्रकरण देखि बालुवाटारको ललिता निवास प्रकरणमा भ्रष्टाचार र फौजदारी अभियोगमा सार्वजनिक नभएपनी एमाले अध्यक्ष केपि ओलि जोडिएकोमा बिमती छैन । आफै २ पटक प्रधानमन्त्री र आफनै पार्टीको नेता २ पटक रास्ट्रपति हुँदा उनलाई दरबार हत्याकाण्डको छानवीन गर्न केले रोकेको थियो ? उनी आफै मदन भण्डारी हत्या षड्यन्त्र हो भनेर तत्कालीन ओलि आयोगको निर्णय आफू प्रधानमन्त्री बन्दा किन कार्यान्वयन गरेनन? मदन भण्डारी हत्याकाण्डमा केपी ओलि आफै सम्लग्न भएरै छानवीन नगरेको भन्दा के केपि ओलि र एमाले सङ्ग जवाफ छ ? दरबारहत्याकाण्डको समयमा दरबारको सेनाले के हेरेका थिए ?
गणतन्त्र घोषणा पछीका सरकारले किन छानवीन गरेनन? प्रपोगण्डा मात्रै गरिरहे ? भ्रष्टाचारमा गोकुल वास्कोटाको ७० करोड प्रकारण वाइडबडी, लगायत भ्रष्टाचारमा नाङ्गो भएपछि अब उनी आफ्नो कुरुप अनुसार ढाक्न दरबार हत्या ब्यक्तिकेन्द्रीत गरेर आफ्नो कुरुप अनुहार ढाक्न खोज्नु पागल पन हो। पन्चायतकालम जेलमा बसेर जेलका साथिहरुको गतिविधि सुराकी गरेको उनको इतिहास अहिलेपनि छ ।त्यो पनि सार्वजनिक हुन बाकी छ । मर्ने बेलामा कमिलाको पखेटा आउछ भनेजस्तै स्थितिमा रहेका ओलि आफ्नो हैसियतमा नबसे दर्दनाक अवस्था हुनेछ । एउटा देशीविदेशी जासुसको प्रधानमन्त्री होस कि मन्त्री हैसियत जासुसकै हुन्छ ।
ओलि र उनका अन्धभक्त हरुले हेक्का राखुन।उनलाई बदनाम कोरियन महिला मुनको होलिवाइनको नसाले अहिले सम्म छोडन सकेको देखिदैन । भर्खरै कम्बोडियामा युनिफिकेशन चर्चको होलिवाइन क्रार्यक्रममा भागलिएर आएका उनलाई त्यसको नसाले नछोडेकोले होला उनको बोली र जड्याहाको अभिव्यक्तिमा तात्विक भिन्नता छैन । ओलिको अभिव्यक्ति लाई यसरीनै बुझदा हुन्छ ।
नेपालमा सबैभन्दा बढी जेलबस्ने झापा आन्दोलनका नेता मोहनचन्द्र अधिकारीले आफुलाइ केपी ओलिले सुराकी गरेर गिरफ्तार गराएको कुरा म सङ्गको कुराकानीमा गर्नुभएको थियोे । त्यो रेकर्ड गरेर राखिएको छ ।