नेपाल राष्ट्र बैंकले ५ रुपैयाँका नयाँ सिक्का निकाल्ने
काठमाडौं,२५ साउन । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँका नयाँ सिक्का निकाल्ने भएको छ । नेपाल सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । उक्त सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने छ ।
राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए ।