जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव सम्पन्न
काठमाण्डौं,साउन ३२ । संविधानसभाका उप-सभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै देखिने गरी समाजलाई देखाएर ऐनाको भुमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।
बुधबार जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रममा प्रमुख अतिथि रानामगरले यस्तो बताएकी हुन् ।
लोक गीतको लोकार्पण गर्दै उप-सभामुख रानामगर भने- ‘म पनि रामेछापका बिभिन्न भू-भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै प्रशंसा गरे ।
मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ, तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ
अर्को प्रशङ्गमा उप-सभामुख रानामगरले भने- यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दैहुनुहुँदोरहेछ । मैले पनि अनाथ स-सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थपे ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ।”