केएमसी बास्केटबल आज देखि

काठमाडौं, भदौ १४ गते । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज देखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइज सहभागी टिमलाई ४ समूह तथा जुनियर ब्वाइज र गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । थ्री अन थ्री स्वरुपमा हुने शिक्षकको प्रतिस्पर्धामा ६ टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–ओर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताए ।

केएमसीका प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv