माउण्टेन गाईडका लागि फोटोग्राफी प्रशिक्षण
काठमाण्डौं, भदौ १८ गते । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने उदेश्य ले ट्रेकिंग गाईड तथा माउण्टेन गाईडका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोग्राफी प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल पर्यटन श्रमिक संघ, क्रािन्तकारी पर्यटन मजदुर संघ नेपाल र समाजवादी पर्यटन ट्रेड युनियन नेपालसंगको सहकार्यमा भाद्र ११ देखि १४ सम्म पर्यटन फोटोग्राफि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षणमा १३८ जना टे«किङ गाईडहरुको सहभागिता रहेको थियो ।
यस्तै माउण्टेन गाईड एशोसिएसन नेपाल (मोर्गान) संगको सहकार्यमा साउन १९ देखि २१ गतेसम्म ६५ जना माउण्टेन गार्डहरुका लागि मोबाईल फोटोग्राफि प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा फोटोग्राफि तथा मोबाईल फोटोग्राफिका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको समग्र पर्यटनका बारेमा प्रशिक्षण दिइएको थियो ।
समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा टे«किङगाईड एवं माउण्टेन गाडहरुका लागि यो तालिम आयोजना गरिएको बताउनु भयो । ‘ गाइडहरु आफैमा पर्यटन दूत हुन् । उनीहरूले पर्यटकलाई देशका विभिन्न ठाँउका बारेमा जानकारी गराउन फोटो महत्वपूर्ण माध्यम हुन सक्छ । पर्यटकहरुलाई घुमाउने गाईडहरुमा फोटोग्राफीको ज्ञान हुँदा पर्यटन प्रवद्र्धनमा पक्कै ठूलो सघाउ पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौं । ‘उहाँले भन्नुभयो ।
तालिममा वरिष्ठ फोटोपत्रकार राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप कुमार क्षेष्ठले क्यामेराको संचालन, फोटोको महत्व, यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफिमा तथा फोटोग्राफिमा गोपनीयता लगायत अन्य कानूनी पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गाइडहरुसंगै यस अघि महिला पत्रकार तथा अन्य पत्रकार गरि एकसय जना भन्दा पत्रकारलाई पनि पर्यटन फोटो पत्रकारिताको प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो ।