धर्म प्रति कुप्रचार गर्दै श्रीमद्भागवतगीतायथारुप पुस्तकमा ईशुकाे महिमा उदाहरणकै रुपमा प्रस्तुत, लगाम लगाउने कस्ले ?

काठमाण्डौं,भदौ २० । कुनै समय याे ईस्काेन भन्ने संस्था साह्रै राम्राे लाग्थ्याे । बाटाेमा,देश बिदेशमा हरेराम,हरेकृष्ण भन्दै नाचेकाे नचाएकाे देख्दा साँच्चै हिन्दु धर्मकाे पुनर्जीवन ईस्काेनले दिए जस्ताे लाग्थ्याे । तर म भ्रममा रहेकाे त्यतिबेला पुष्टि भयाे जब मैले ईस्काेन मार्फत नेपालीमा अनुवादिद श्रीमद्भागवतगीता यथारुप पढेँ । जब मैले अध्याय 11 श्लाेक 55 पढेँ तब मेराे हाेस उड्याे । यहाँ भक्तहरुकाे प्रसंगमा ईशुख्रीष्ट काे उदाहरण दिइएको छ । महाभारत र भगवतगीताकाे इतिहास 5000 साल पुरानाे हाे तर यहाँ यसरी ईशुकाे महिमा उदाहरणकै रुपमा प्रस्तुत गरेकाे भएतापनि हजाराैँ बर्षपश्चात उदय भएकाे कथित धर्मकाे उदाहरण दिनु याे अत्यन्त निकृष्ट कार्य हाे । याे त पृथ्वीनारायण शाहकाे आत्मकथामा पारसकाे महिमा घुसाइदिए जस्तै भयाे ।
एक त प्राय नेपालीले धर्मशाश्त्र अध्ययन नै गर्दैनन् तर जसले गीता पढ्छ यहि श्रीमद्भागवतगीतायथारुप नै पढ्छ । तर यश पुस्तकमा श्लाेकहरुकाे अप्रसांगिक व्याख्या गरिएकाे छ । कतिपय श्लाेक र तिनकाे ब्याख्याकाे कुनै लेनादेना नै छैन् । याे कुनै साहित्य हाेइन जसलाई आँफुखुसि व्याख्या गर्न सकियोस् । याे त विशुद्ध धर्मशास्त्रहाे यसमा न संशाेधन गर्न सकिन्छ न त अपब्याख्या न‌ै ।


यसकाे प्रमुख कमजाेरी याे हाे कि कृष्णलाई नै परमात्मा देखाउने नाममा स्वयम् नारायण या विष्णु कै उपेक्षा गरिएकाे छ । कृष्ण भन्नु नै नारायण , नारायण भन्नु नै कृष्ण हुनु पर्ने हाे । जब बिष्णुका 10 अवतार नै बिष्णु हुन भनेपछि कृष्ण अवतार नै प्रमुख हुन सक्दैन। जसकाे अवतार हाे उहि प्रमुख हुन्छ अर्थात नारायण नै परमात्मा हुन कृष्ण नै नारायण हुन ।

अर्काे यसकाे महान कमजाेरी जसकाे न आदि न अनादि छ उहि देवादिदेव महादेवलाई निम्न काेटिकाे देवता मात्र मानिएकाे छ । वैष्णविकाे आँखावाट हेर्दा याे सहि लागे पनि याे शैव सम्प्रदायप्रतिकाे अपमान हाे याे । सहअस्तित्व स्विकार गर्ने हामी धर्मावलम्बीलाई बिभाजित गर्ने षड्यन्त्र मात्रै हाे। हामी त्रिदेवलाई मुख्य मान्छाैँ । त्यसमा पनि बिशेषत: बिष्णु र महेश्वर प्रमुख ।अर्थात हामी शिव र बिष्णु दुवैलाई उत्तिकै मान्छाैँ । रामकृष्ण मन्दिर हाेस चाहे पशुपति । नरसिंह हाेस चाहे भैरव,महाकाल । हामीलाई कुनै पनि कुरामा भेद छैन् हाम्राे शिर हरेक मन्दिरमा निहुरिन्छ । वास्तवमा भन्ने हाे भने भगवान् एक हुन । बिष्णु र शिव पनि एकै हुन । त्यसैले शंकरनारायण भन्ने गरिन्छ ।


तसर्थ हाम्राे मिलेर बसेका धर्मावलम्बीलाई टुक्र्याउन कृष्ण प्रणामी,राधेराधे,ईस्काेन,साईराम,ओसाे जस्ता फण्डित संस्थाहरु कम्मर कसेर लागिपरेका छन् । आजकल ईसाइ मिशनरि हरू पनि हिन्दुलाई धर्मान्तरण गराउन राताे टीका लगाएर हिन्दु कै भेषमा आउँछन् । परमेश्वर भन्दै ईशुकाे नामै नलिई भजन गाउँछन् । लाग्छ सवै हिन्दु नै हुन तर जब मन्दिरकाे सट्टा चर्चमा पुग्छन उनीहरु चाहेर पनि पुन हिन्दु बन्न सक्दैनन् । नाम चलेका मानिसहरु पनि नवुझि नवुझि साँच्चिकै हाम्रै ग्रन्थ सम्झेर बलात्कारी हरामखाेर रामपालका हिन्दु विराेधि ज्ञान गंगासागर जस्ता पुस्तक समाएर फाेटाे खिच्न तल्लिन छन् । कसैले सित्तैमा केहि दिँदैन तर यस्ता पुस्तक हाम्रा पवित्र मन्दिरमा सित्तैमा बाँडिन्छन र उहीँ पुजारीले समेत अन्जानमा उहि पुस्तक समाउँछ । हामी पाइला पाइलामा आफ्नै भगवानकाे नाममा आफ्नैबाट ठगिएका छाैँ आँखा खाेलाैँ । (लेख विष्णुप्रसादको फेसबुक बाट)



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv