थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार

सोलुखुम्बु,साउन ३२ । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।

थामेखोलाको बाढीले ३ वटा घर बगाएको छ भने केहीघर अति जोखिम परेका छन् ।

नेपाल प्रहरीका अनुसार थामे खोलामा पानीको बहाव बढेको कारण भोटेकोशीको बहाव अचानक बढेको खबर पाउन साथ इप्रका थाम्बुचे नाम्चे बाट नेपाल प्रहरी र नेपाली सेनाको खटिएको जनाएको छ । यो समाचार तयार पार्दासम्म बिद्यालय १,क्लिनिक १,घर ७ वटा होटल – ५ गरी पूर्णरुपमा क्षति भएको बताएको छ । अझै ७ वटा घर जोखिममा रहेको र १ जना मानिस हराएको भनेको छ ।

माप्य दुधकोशी गापा ६ बेदेबहार बलेखा स्थित रहेका ५ घरधुरीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv