चलचित्र ‘देवबाणी’को गीत रिलिज

काठमाण्डौं,भदौ २ गते । चलचित्र ‘देवबाणी’को गीत रिलिज भएको छ । आइतबार काठमाण्डौंको विश्वज्योती हलमा ‘तिमिलाई सँधैभरि’बोलको गीत रिलिज गरिएको हो । चलचित्रलाई नेपाली र हिन्दी भाषामा बनाइएको निर्माण पक्षले जनाएको छ ।

कार्यक्रम तालिका भन्दा ढिलो गरी शुरु भएको कार्यक्रममा ढिलो उपस्थिती जनाएका नायक भारद्धाजले आफु ढिलो आउँदा ढिलो भएकोमा क्षमा माग्दै महादेवको आशिर्वाद नेपालीदर्शकको माया पाउने कुरामा ढुक्क रहेको बताउनु भयो । ‘नेपाल आउँदा पाएको मायाको लागि म सदैव आभारी रहने छु ।’ भन्नु भयो । ‘चलचित्रमा मैले सकेको मेहनत गरेको छु । द्धन्द निर्देशक श्री श्रेष्ठ देव महर्जन प्रति बिशेष आभार प्रकट गर्न चाहन्छु ।’ भन्नु भयो । (तस्बिर फोटो पत्रकार रतन चन्द ।)

त्यस्तै रिलिज भएको गीतका संगितकार मनोहर सुनामले शब्द र चलचित्रको भाव लाई बुझी कर्णप्रिय संगीत बनाउन कुनै कसर नछोडेको भन्नु भयो । गायिका सुनिता कार्कीले आफुले गाएको गीतको एक टुक्रा गाएर सुनाउनु भयो । गीतकार शंकर अधिकारी घायल ले यस् चलचित्रमा जोडीन पाउँदा खुशी लागेको भन्नु भयो । गीतका कोरियोग्राफर तेन्जु योंजन ले आफुले सक्दो मेहनत गरेको र गीतसंगीतको मर्मलाई पर्दामा उतार्न प्रयास गरेक बताउनु भयो ।

चलचित्र देववाणी को निर्देशक बाबु साहेब बलामी हुनुहुन्छ भने हिरा बहादुर लेप्चा र मिना खड्का निर्माता हुनुहुन्छ । त्यस्तै रामजी लामिछने,तेन्जु योंजन को कोरियोग्राफी,पट्कथा र संवाद निरन्जन मेहता,मन्जित,छायांकन हरी बहादुर घले,सम्पादन बन्दे प्रसाद र मिडिया कोअर्डिनेटर मा कुमार आचार्य छन् ।
भारतीय नायक कुन्दन भारद्धाज र अन्जु लेप्चा द्धारा अभिनित उक्त चलचित्र नेपाल र भारतका सिनेमा घरमा मङ्सिर ७ गते बाट एक साथ प्रदर्शनमा आउने छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv