भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री देउवा बिच भेटवार्ता

दिल्ली,भदौ ३ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो ।

भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए ।

परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो । उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv