छानबिन समितिको प्रतिबेदन पनि समिक्षा गर्नेबेला भयो : मन्त्री पाण्डे

काठमाडौं,भदौ १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।

बिहीबार वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् ? त्यसबारे समीक्षा गर्नु पर्ने बेला आएको बताए ।

मन्त्री पाण्डेले भने,’छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य, तथ्यमा आधारित छन् ? त्यसको समीक्षा गर्ने बेला भएको छ ।’ उनले अगाडि भने, ‘दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ? त्यसबारे सोच्नु पर्ने बेला आएको छ ।’

आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताउँदै मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv