सीएफमोटो ४५०एमटी र २५० एनके टेस्ट राइड सो इभेन्ट आयोजना हुने

काठमाण्डौं,भदौ २२ । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै सम्पन्न नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटोको पछिल्लो मोडल ४५० एमटीको टेस्ट राइड इभेन्ट आयोजना गर्ने भएको छ । शनिबार विहान ११ बजे पश्चात नक्सालस्थित सीएफमोटो शोरुममा सो इभेन्ट आयोजना हुने भएको हो ।

भर्सटाइल एड्भेन्चर टुरर सीएफमोटो ४५० एमटीले यसको अद्वितीय पर्फमेन्स र यसमा भएका एड्भान्स्ड फिचरका कारण नाडामा धेरैको ध्यान खिचेको थियो । ४५० एमटीका साथमा सीएफमोटोको अर्को लोकप्रिय मोडल २५० एनके समेत टेस्ट राइडका लागि उपलब्ध हुनेछ ।

सम्भावित ग्राहकहरुको सहजताका लागि अन द स्पट फाइनान्स सुविधा र अन द स्पट भ्यालुएसन सुविधा समेत उपलब्ध हुनेछ । यसबाट पुराना कुनै पनि मोडलका बाइकसँग सीएफमोटो बाइक साट्न सहज हुनेछ ।

सीएफमोटो २५० एनके सिटी राइडका लागि उपयुक्त छ । यसमा २४९।५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले २०।५ किलोवाट पावर र २२ एनएम टर्क जेनेरेट गर्छ । १५८ किलोग्राम मात्र तौल भए तापनि यो बाइकमा स्लिपर क्लचका साथै सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, सहज सूचनाका लागि एलसीडी डिस्प्ले र लामो दुरीको यात्राका लागि १२।५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा भएको १५० एमएम ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न प्रकारको सडक यात्राका लागि उपयुक्त छ ।

इभेन्टको मुख्य आकर्षण सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ । परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।

सीएफमोटोका विभिन्न आकर्षणहरु प्रत्यक्ष अनुभव गर्ने अवसर नछुटाउन सीएफमोटो नेपालले अनुरोध गरेको छ । एड्भेन्चर रुचाउने उत्साही वा सिटी राइडर जे भए पनि उच्च स्तरीय पर्फमेन्स र स्टाइल उपलब्ध गराउने उद्देश्यका साथ यी मोडल डिजाइन गरिएको समेत कम्पनीको भनाइ छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv