पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा एफ सी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको रूपमा मान्यता

काठमाडौ,भदौ २३ । बार्सिलोना फ्यान क्लब नेपाल(बार्सा नेपाल ) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या(समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्‍यो। २०१३ मा स्थापना भएको यस समर्पित एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ।

सचिव सिताराम दाहालले सम्माननीय अतिथिहरूलाई स्वागत गरे, जसमा मुख्य अतिथि पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरे।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरियो, जसले नव मान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे। १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए, साथै खेलकुद क्षेत्रका प्रमुख व्यक्तित्वहरू, जस्तै हरि खड्का, गौरव बस्नेत, र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाए।

कार्यक्रममा विशेष अतिथिहरूका रूपमा प् हिम बिक्रम केसी, इ-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) का वरिष्ठ उपाध्यक्ष;ईसानका सचिव आशिष दाहाल, इसानका बोर्ड सदस्य घनश्याम ढुंगेल, र नेपालि राष्ट्रिय फुटसलका सहायक प्रशिक्षक थमन भुसाल आदिको उपस्थिति रह्यो।

उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरियो, जसलाई यो कार्यक्रमको स्मरणका रूपमा विशेष एफसी बार्सिलोना मर्चेन्डाइजको रूपमा तयार गरिएको थियो।

पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले क्लब र नेपालमा यसको समर्पित समर्थकहरूको बीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv