महिला उद्यमी महासंघ नेपालको २१औं बार्षिक साधारण सभामा पारातेक्वाण्डो खेलाडी पलेंशालाई सम्मान
काठमाण्डौं,भदौ २७ । महिला उद्यमी महासंघ नेपाल(फेवान) को २१औं वार्षिक साधारण सभाको पहिलो सत्र सम्पन्न भएको छ । बिहीवार काठमाण्डौको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा पारातेक्वाण्डो खेलाडी पलेंशालाई नगद रु ५० हजार ५ सय ५१ रुपैंया र सम्मान पत्रले सम्मान गरिएको थियो ।
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्री शोभा ज्ञवाली को अध्यक्षतामा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय श्री नवल किशोर शाह सुडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथी महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडी ले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भयो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले महिला अधिकारका बिषयमा आफु सँधै दत्तचित्त रहेको र अहिले महिलालाई ३३ प्रतिशत मात्र अधिकार दिएता पनि थोरै रहेको र जनसंख्याको हिसाबले एकाउन्न प्रतिशत हुनु पर्ने बताउनु भयो । आफ्नो स्वास्थ्य र समयको प्रतिकुलताको बावजुत पनि उपस्थित हुन पाउँदा ज्यादै खुशी लागेको बताउनु भयो ।
सभामा महांसघ की महासचिव कुन्नम पोखरेल ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरेकी थिइन् । त्यस्तै महांसघका कोषाध्यक्ष सबिता सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा प्रस्तुत महासचिव र कोषाध्यक्षले प्रस्तुत गरिएका दुबै प्रतिबेदनलाई सर्वसम्मतले पारित गरेको थियो ।
सभाका अध्यक्ष ज्ञवालीले आमन्त्रित सबैलाई धन्यवाद दिदै महिलाको अधिकार र उधमशिलताका बारेमा कृयाशिल हुँदैगएको देखेर अत्यन्तै गर्वलागेको छ । अब यस्तै प्रकारले देश भरका ७० जिल्लामा रहेका उद्यमी महिलाहरुलाई समेट्न पाउँदा महासंघ दरिलो भएको छ । भन्नु भयो ।अब बेला आएको छ महिला उद्यमका लागि राज्यस्तरबाट १० करोड होइन त्यो भन्दा पनि धेरै रकम बिनियोजन होस् । माग राख्नु भयो ।
सभामा महासंघमा आबद्ध सातै प्रदेशबाट १५० जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो । त्यस्तै मुक्तिनाथ बिकास बैंकका प्रतिनिधि ले ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे जानकारी गराएका थिए । साधारण सभा भोली सम्म चल्ने छ । (तस्बिर फोटो पत्रकार रतन बहादुर चन्दले खिचेका हुन् । )