तीन खेलाडीलाई उपचार सहयोग

काठमाण्डौं,भदौ २८ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी सर्मिला राईलाई १ लाख र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो । केसीको पित्त थैली तथा सर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया गरेकी पुनमलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv