तेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्न
काठमाडौं,भदौ ३० गते । स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले बाल दिवसको अवसर पारेर आयोजना गरेको तेस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल लगायत २० बढी स्कुलका करिब २०० भन्दा बढी छात्रछात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा स्वागत् मन्तव्य विद्यालयकी प्रधानाध्यापक नेहा के.सीले राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले गर्नुभएको थियो ।
६ वर्ष मुनि उमेर समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी अमग्या श्रेष्ठ , ज्ञान संस्कार स्कुलकी स्वारा खनाल र श्री शिव नर्सिङ शिक्षालयकी आरभी प्रजापतिले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी ६ वर्ष मुनि उमेर समूहका छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका साम्राज्य जङ्ग कुँवर, अलकापुरीका निर्मल श्रेष्ठ, श्री शिव नर्सिङ शिक्षालयका अद्वैत एम. खरेल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यसैगरी ६ देखि ८ वर्ष उमेर समूहका छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कष्वी भट्टराई, आंसा थापा मगर र सरिन भुसालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ६ देखि ८ वर्ष उमेर समूहका छात्र तर्फ श्री शिव नर्सिङ शिक्षालयका निभान राणा, श्री शिव नर्सिङ शिक्षालयकै केन्जो राई र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका आरोहण श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यसैगरी नै ८ देखि १० वर्ष समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी जियाना अर्याल र जुनी बुढाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ८ देखि १० वर्ष समूहका छात्र तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राट बिक्रम चन्द , निर्बिज्ञरत्न बज्राचार्य, समन पाण्डे ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै १० देखि १२ उमेर समूहका छात्रा तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, स्नेह पाण्डे साथै स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी नमिसा श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । १० देखि १२ उमेर समूहका छात्र तर्फ विल्सन एकेडेमीका नवदीप लामा , ब्राइट फ्युचरका दिपर्सन थापा , विल्सन एकेडेमीकै अभिषेक लामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१२ देखि १४ उमेर समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी इशानी श्रेष्ठ, अलकापुरी बिद्यालयकी सुबानी महर्जन र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी अनुप्रिया तण्डुकारले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ ओलिभ स्केटिङ क्लवका आर्थ बोहोरा , के. एम. सी. बिद्यालयका सिधान्त कन्दोई, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१४ देखि १६ समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुलका द्वय सुनिचा भजू र रिभा महर्जनले प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।
१० वर्ष मुनिका म्याराथुन छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामांङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कश्भी भट्टराई क्रमशः प्रथम, र द्वितीय स्थान हासिल गरेका थिए भने म्याराथुन १४ वर्ष मुनि छात्रा तर्फनै अलकापुरी बिद्यालयकी सुभानी महर्जन, स्वस्तिश्री गुरुकुल
आई.बी.वल्र्ड स्कुलकी नमिसा श्रेष्ठ र इशानी श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१० वर्ष मुनिका म्याराथुन छात्र तर्फ स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका शिशिर गौतम, ज्ञान संस्कार इन्टरनेसनल स्कुलका आरोहण श्रेष्ठ र रहिश खड्गी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । म्याराथुन १४ वर्ष मुनि छात्र तर्फ ओलिभ स्केटिङक् क्लवका आर्थ बोहोरा, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ, विल्सन एकेडेमीका हयाप्पी श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।