आज देखी स्रोहश्राद्ध शुरु,यस्तो छ बिधि
काठमाण्डौं,असोज २ । आस्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ ।
पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्यक वर्ष सोह्रश्राद्ध सुरु हुने समय फरक हुन्छ । आष्विन कृष्ण पक्षको प्रतिपदाबाट सुरु गरि औषिसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ ।
हामिले आमा बुबाको स्वार्गारोहण भएको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पित्रृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुषे औसीबाट नै पित्रृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिदैनन्, पिण्ड दिन्छन् दिदैनन् भनेर बसिरहेका हुन्छन् ।
सोह्रश्राद्धमा कस्तो भोजन ग्रहण गर्ने
यो समयमा जो मांशहारि हुनुहुन्छ ति व्याक्तिहरु शकाहारि हुनु पर्दछ । जसका माता पिता हुनुहुन्न उनिहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसि भोजनहरु ग्रहण गर्नु हुदैन । पृत्रिको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटि ग्रहण गर्नपर्दछ । अगाडि नै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ ।
कसको श्राद्ध कुन तिथिमा गर्ने ।
जसको कुमार अवस्थामा दिवंगत भएको हुन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनिहरुको आत्माले शान्ति पाउछ। आष्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ । मात्रृ नवमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पुर्ण स्त्रिहरुको उद्धार हुन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ ।परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशि तथा दुवादशि तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा, दुर्घटनामा, अष्त्रसस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसिमा श्राद्ध गर्नुपर्दछ । आफ्ना पित्रृहरुको तिथि थाहा छैन भने औसी तिथिमा श्राद्ध गर्दा सम्पुण पित्रृहरु प्रशन्न हुन्छन् ।
श्राद्ध गर्दा कस्ता नियम पालन गर्नुपर्दछ ।
श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नु पर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै बृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगाएत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरिरमा तेल नलगाउनु,श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुन ।
कस्ता पण्डितहरु पढ्नको लागि बोलाउने ।
श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरि कर्म गर्दछन् । जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउनु हुदैन । शुद्ध ब्रमाणमा एउटा उर्जा शक्ति हुन्छ त्यो तपाईँका पुर्वजहरुलाई प्राप्त हुन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भएको थियो । ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराउनु भएको थियो । त्यतिखेर फलफूल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिईन् मैले हाम्रा पुर्वजहरुको अनुहार ब्रमाणहरुको शरिरमा देखि भनेर भनेकि थिईन ।
जो ब्रमाणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनिहरुको शरिरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउँनु भनिएकोछ ।
कस्ता अन्न प्रयोग नगर्ने ।
अन्नमा किरा परेकोछ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको भने ति अन्नहरु प्रयोग नगर्नु भनिएकोछ । श्राद्धको समयमा मुसुरिको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुनाले पित्रृहरु रुष्ट हुन्छन् ।
कस्ता रङका फूलहरु प्रयोग गर्ने ।
पहेलो सेतो फुलहरु चडाउनु पर्दछ । चन्दन चलाउदा पहेलो चलाउनु पर्दछ । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । रातो चन्दन चडाउनु हुदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो ।
पिण्ड कत्रो दिने
पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उव्जिन्छ । एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो,मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिर्थ श्राद्धमा कुखुराको अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पित्रृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ । औसीको दिन पित्रृहरु फर्कने दिन भएकोले औषिको दिन साझमा दियो बालिदिने,पित्रृहरुको फोटो राख्ने, खिर बनाएरु चडाईदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भएपनि पित्रृहरुलाई सम्झनाले आर्शिबाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छने पित्रृहरुले हर्छन त्यसैले आफ्ना पित्रृहरुलाई खुसि पार्नुपर्दछ ।
घरमा,तिर्थमा,बिष्णपादुकामा,गोकर्णमा,कोटिहोममा,पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पित्रृहरुको श्रदा भक्ति गरेर अनन्य आशिर्बाद हामिले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष,बिजय दशमि तथा शुभ दिपावलि आउछ तर पहिलो पित्रृहरुको आशिर्वाद लिनु पर्दछ अनि देवताहरुको पुजा गर्नुपर्दछ ।
र अन्तमा अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिबित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो । आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरिरमा भएको बिभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुँन्छौ ।