आज संविधान दिवस, देशैभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।

काठमाडौंको सैनिक मञ्च टुडिखेलमा अहिले बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।

आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिँदैछ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने भएको छ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv