रोड टु ल्हासाको साहसिक पर्यटकको टोली काठमाण्डौमा नेपाली राष्ट्रिय झण्डा फहराएर गरियो विदाई

काठमाण्डौ,असोज ४ गते। साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको टोली काठमाण्डौ आईपुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने छ ।


सड्क मार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर हँदै लुम्बिनी र लुम्बिनीबाट काठमामाण्डौं आइपुगेको हो ।


काठमाण्डौ आएको उक्त टोलीलाई शुक्रवार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर विदाई गरिएको छ ।

सो अवसरमा पर्यटकहरुलाई शुभकामना व्यक्त गर्दै बोल्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताउनु भयो ।


उहाँले नेपाल संस्कति प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन आग्रह आग्रह गर्नु भयो ।


आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हहुँदै  काठमाण्डौ आइपुग्दा छुट्टै आन्नदको महसुश गरेको प्रतिक्रिया दिनुभयो ।
गोरखपुरबाट लुम्बिनी हुँदै काठमाण्डौ आइपुगेको सो टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरु रहेका छन् ।

काठमाण्डौबाट रसुवा (केरुङ) , हँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट हँदै पुनः नेपाल फर्किने छ । यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देकश मदानले जानकारी दिनुभयो ।

२२ दिनको यो यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिनुभयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv