दुर्गा प्रसाईंलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको अनुमति माग
काठमाण्डौं,असोज ६ । विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको हो ।
प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले प्रसाईंलाई आइतबारै अदालतमा उपस्थित गराइएको बताए । प्रहरीका अनुसार, उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी छ ।
सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले भने ‘हामीले १० दिन हिरासतमा राख्न अनुमति माग्छौं, अदालतले कति दिन्छ त्यस बेलै थाहा हुन्छ ।’