खराब मौसमका कारण झन्डै २ घण्टा होल्ड भएको थाइ एयरवेजको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाण्डौं,असोज ११ गते । खराब मौसमका कारण झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ । २ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो । अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो ।

एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए । त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले निकै समय आकाशमा गुजार्नु परेको थियो ।

यसैगरी दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय ‘होल्ड’ भएर अवतरण गरेको छ ।

खराब मौसमका कारण विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । कतिपय घरेलु उडान रद्द भएका छन् भने केहीमा विलम्ब भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv