आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने

काठमाण्डौं,असोज १२ गते । प्रतिकुल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ ।

यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र त्यसका लागि पर्यटन विभाग र पर्यटन बोर्डबीच समन्वय गर्ने निर्णय भएको बैठकका एक सहभागीले जानकारी दिए ।

हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित र सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एशोसिएशनका जनशक्ति र उपकरण अधिकतम परिचालन गर्ने निर्णय भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालका सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा रहेका कारण मौसमको अनुकुलता हुने वित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडान अधिकतम सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

होटेल संघ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई नियमित र सहुलियत शूल्कमा सेवा दिने निर्णय समेत सरोकारवालाको बैठकले गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv