जीवन र मृत्युको दोसाँधमा उभिएको छोरो बचाउन बाबुको अपिल भिडियो सहित :-
जवान उमेरमा केही गरौं भन्ने बेला अस्पातलको सैयामा पल्टिनु पर्दाको पिडा उनलाई मात्र थाहा छ , उनी छट्टाउँछन तर उनको रोग नै यस्तो छ कि आर्थिक अभावका कारण अब यो रोगबाट कहिलै निको नभएर अस्ताउन सक्छु कि भन्ने डर छ, हजुर ब्लड क्यान्सरले थालिएका दैलेख भैरवी गाउँपालिका वडा नम्बर ५ निवासी २१ बर्षिय गणेश बहादुर शाहीको अवस्था हो यो ।
काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत शाहीको बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख लाग्ने भएपछि आर्थिक अभाव भएको छ । सम्पत्तिको नाममा रहेको घर जग्गा सबै ऋणमा राखेर छोराको उपचारमा दिनरात खटिएका बाबुको कारुणिक स्वरले हामीलाई स्तब्ध बनायो । हेर्नुहोस् भिडियो :-
अब कसरी उपचार गर्ने, त्यतिका रकम कसरी जुटाउने?’ म आफै पनी रोगले थालिएको छु । भन्दै भावुक भने हाम्रा सामु । भारतमा मजदुरी गर्ने क्रममा दुर्घटना हुंदा उनको दाँया खुट्टा र ब्याक बोनको दुई वटा हड्डीमा असर परेको छ तर पनि छोरो बचाउन पाए हुने थियो । उनको याचना रहेको छ ।
गणेशलाई गत वर्ष २०७४ साल फागुन २२ गते सुर्खेत अस्पतालमा चेकजाँच गर्दा क्यान्सर भएको पुष्टि भएको थियो। त्यसपछि उनले काठमाडौंको सिभिल अस्पतालमा १ सय ५९ दिन उपचार गरेर डाक्टरको सुझावअनुसार घर फर्केका थिए। झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्केका गणेशलाई अकस्मात यही वर्षको पुसमा फेरि रोग बल्झिएको हो। गत पुस १२ गते भर्ना भएका शाहीले सिभिल हस्पिटलमा उपचार गराइरहेका छन् तर आर्थिक अभावमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न सकिरहेका छैनन् रकम जुटे छिट्टै ट्रन्सप्लान्ट हुने परिवारले बताए । उनको जिउने सपना छिट्टै पुरा होस् हाम्रो कामना । दर्शक ब्रिन्द यदी तपाईं पनि वहाँ लाई सहयोग गर्न चाहनु हुन्छ भने तल लेखिएको खाता नम्बर मा सोझै रकम जम्मा गर्न सक्नुहुन्छ वा उक्त सम्पर्क नम्बरमा कल गरेर रकम हस्तान्तरण गर्न सक्नुहुन्छ ।
रकम अभावमा तड्पिएका उनलाई अहिले आर्थिक सहयोग गर्न चाहनेहरूले मोबाइल नम्बर ९८५८०५१०४४ मा सम्पर्क गर्न सकिनेछ। साथै क्यान्सरपीडित गणेशबहादुर शाहीको नाममा राष्ट्रिय वाणिज्य बैंक मैतीदेवी शाखा काठमाडौंमा रहेको खाता नम्बर १५५००१७२९३१० मा सहयोग गर्न सकिनेछ।