काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना,यात्रु सामान्य घाइते

काठमाण्डौं, असोज २२ गते । काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको छ। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौंली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

अनियन्त्रित भइ सुमो पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका-४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको छ। उनको तामाकोसी अस्पतालमा उपचार भइरहेका छन्।

सुमोमा चालक र २ बच्चासहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जनाएको छ। यात्रु सामान्य घाइते छन्। उनीहरुलाई अर्को सवारी साधनबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ।

बाढी-पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv