बाटो खुलेपछी बिपी हाइवेमा सवारी साधनको जाम ,घण्टौं जाममा बसेर गन्तब्यमा जान वाध्य
काठमाण्डौं,असोज २९ गते । दशैंको टिका सकिए सँगै काठमाण्डौं भित्रिने र बाहिरिने को संख्या उल्लेख्य रहेको छ । गत असोज १० गते देखी १२ गते सम्म आएको भीषण बर्षा ले पुर्वी तराइ जोड्ने बिपी राजमार्गका सडक धेरै जसो स्थानमा पूर्णरुपमा क्षति भएर केही दिन आवतजावतनै ठ्प्प भएको थियो । यात्रुहरु सडक मै फँसेका थिए भने रोशी नदिको बढीले सयौं घर तहसनहस बनाएको थियो ।
जोखिम मोलेरै भएपनी चाडबाड मान्नलाई घर जानेको लर्को रोकिएन । सरकारले सोच्दै नसोचेको यो अकल्पनिय दैविप्रकोपमा तत्काल के गर्ने भन्ने दोधारमै दशैं भित्रियो ।
सर्वसाधारण आफ्ना गन्तब्य तर्फलागे नेपाली सेना र नेपाल प्रहरीले एक तर्फी भएपनि बाटो खुलाउने प्रयास गरीरहे । अहिले बाटो खुलेसँगै यात्रुहरु फर्किने र जानेको भिडले गर्दा केही स्थानमा जाम रहेको छ । १० देखी १९ घण्टा सम्म लागेर घर पुगेको सामाजिक संजालमा पोस्ट गरेको देख्न पाईन्छ ।