५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल सँगै जुकाको औषधी खुवाइँदै
काठमाण्डौं,कार्तिक २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।
साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।