महिला साफ च्याम्पियनसिपमा आज हुने खेलमा नेपालले माल्दिभ्स सँग भिड्दै

काठमाण्डौं,कार्तिक ५ गते । महिला साफ च्याम्पियनसिपमा आज हुने खेलमा नेपालले माल्दिभ्स सँग भिड्दैछ ।

भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ । तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।

सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी छिन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

साम्बा त्यस्तो खेलाडी हुन्, जो हरसम्भव टोलीबाट खेल्नका लागि उत्साहित र प्रतिबद्ध रहने गरेकी छिन् । त्यसैले उनले माल्दिभ्सविरुद्धको खेलमा सुरुवात गर्ने सम्भावना छ ।

नेपाल र माल्सिभ्सले साँझ ५ः३० बजे खेल्ने छन भने दिउँसो १ः३० बजे भुटान र श्रीलंकाबीच हुनेछ । समूह बीमा श्रीलंकाको ३, नेपाल र भुटानको समान १ तथा माल्दिभ्स अंक विहीन छन ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv