सर्वच्च अदालतको फैसला सम्पूर्ण गैरआवासिय नेपालीको जित : पासाङ्ग लामा ( पुर्व सल्लाहकार एनआरएनए )
काठमाण्डौं,कार्तिक ७ गते । परराष्ट्र मन्त्रालयले एनआरएनएका पुर्व अध्यक्ष शेष घलेलाई सर्वच्च अदालतको फैसलाको पूर्णपाठ र फैसलालाई कार्यान्वयन गर्न पत्र पठाएपछी एनआरएनका सल्लाहकार पासाङ्ग लामाले खुशी ब्यक्त गरेका छन् ।
नियात्रा टिभी सँगको कुराकानीमा उनले भने “लामो समयदेखि एनआरएनएमा ‘को सक्कली को नक्कली’ भन्ने बिवादलाई सम्मानित सर्वच्च अदालतको फैसला पस्चात टुंगिएको छ ।” आज परराष्ट्र मन्तालयले पनि पूर्णपाठ सहित फैसला कार्यन्वयन गर्न पत्राचार गरेकोले संस्था प्रति जिम्मेवार रहेका सम्पूर्ण गैरआवासिय नेपालीको जित भएको छ ।”
“नेपाल प्रतिको माया यसै पनि थियो देशका लागि केही गरौं भन्ने पवित्र सोच राखेर जन्मिएको संस्थाले सही मार्गमा फेरी हिंड्ने अवसर प्राप्त हुने भयो । संस्थालाई गलत दिसा तर्फ जान नदिन अब फेरी चनाखो हुँनु पर्दछ ।” भन्दै सबैलाई सचेत रहन आग्रह गर्नु भयो ।
“यो खुशी को अवसरमा म नेपाल र नेपाल बाहिर रहेका विश्वभरका एनआरएनका सदस्यहरु,अभियान्ताहरु जस्ले यस् कार्यमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गरी संस्था जोगाउन लाग्नु भयो सबैलाई पुर्व सल्लाहकारको हैसियतले हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।”
“यो सँगै हामी सबैको काँधमा थप चुनौती थपिएको छ । खाडीमुलुकमा रहेका नेपाली होस् या विश्वको अन्य कुनै देशमा रहेका नेपाली हुन् उनिहरुको हकहितका लागि संगठित हुने एउटा यहि माध्यम थियो पछील्ला गतिविधीले चकनाचुर भएको महसुस भएता पनि शेष घले ज्यु ले चालेको अर्जुन दृष्टि ले आज हामी सबैले उही पुरानो लयमा फर्किने आँगन पाएका छौँ । अब छिट्टै चुनाव होस् गैरआवासीय नेपालीहरुको एक ढिक्का हुने अभिमत प्राप्त होस् । ” भन्नु भयो ।
एक अर्को प्रसंगमा वहाँले भन्नु भयो “एकपटकको नेपाली सँधैको नेपाली भन्ने मुल मन्त्र हामीले बिर्सेंका छैनौं सोही बिचारलाई मध्यनजर गर्दै हामीले सँधैभरी उठाउँदै आएको गैर आवासीय नेपालीलाई नेपाली नागरिता र मताधिकार दिने कुरामा सरकारलाई झकझक्याइ रहेका छौं र आफ्नो अधिकार प्राप्त नहुन्जेल यो लडाईं लडी रहने छौं ।”
“आज लाखौंं नेपाली बिदेश पलाएन भएका छन् नेपाल बनाउन चाहन्छन् । सरकारले देश बनाउने कुरा र आफ्ना देशका नागरिकलाई अनागरिक बनाउन हुँदैन । त्यसैले मतदान दिन पाउने अधिकारका बिषयमा सरोकारवालाहरुको पनि ध्यान जाओस भन्न चाहन्छु ।” भन्नु भयो ।
परराष्ट्र मन्त्रालयले संघको अन्तराष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले गठन गरेको उच्चस्तरिय समितीका संयोजक शेष गलेको नाम मा सम्बोधन गरी पत्राचार गरेको छ ।
पत्रमा रिट निवेदक गैर आवासीय नेपाली संघ विपक्षी परराष्ट्र मन्त्रालय समेत भएको उत्प्रेषण समेत विषयको रिट ०७९-७०-१५०७ को मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट मिति २०८०/१२/२१ मा रिट जारी भएको आदेशको पूर्णपाठ संलग्न गरी उक्त आदेश बमोजिम गर्नु गराउनु हुन भनी सर्वोच्च अदालतको च.नं. ६३७७, मिति २०८१/०५/२४ को पत्र तथा सोही सम्बन्धमा आदेशको पूर्णपाठ संलग्न गरी उक्त आदेश बमोजिम गर्नु गराउनु हुन भनी महान्यायाधिवक्ताको कार्यालयको प.सं. ०८१/०८२/१९४, च.नं. १०७०, मिति २०८१/०५/२७ को पत्रबाट लेखी आएकोमा उक्त आदेशको बुँदा नं. छ को हकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नाम माग गरि पठाईएको र उक्त मन्त्रालयबाट नाम प्राप्त भएपश्चात तोकिने नै हुँदा आदेशको बुँदा नं. क देखि ङ सम्मको आदेश कार्यान्वयनका लागि उक्त आदेशको पूर्णपाठ यसै साथ संलग्न गरी पठाईएको व्यहोरा यस मन्त्रालयको मिति २०८१।०५।०९ को निर्णयानुसार (मा. मन्त्रीस्तर) अनुरोध छ । भनि उल्लेख गरिएको छ ।