अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

काठमाण्डौं,कात्तिक १२ गते । नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुई वर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवन भर सहयोग गर्ने बताएको छ । यसका लागि बर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ संगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडी भित्र पर्ने सम्भावना रहेको बताईन । राईको शारिरीक परिक्षणबाट उनी भित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।

धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई बर्ष पहिला फाउण्डेशनका पदाधिकारी संग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावक भित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।

फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वल्र्ड च्याम्पियनशिपमा सभागीहुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताउनुभयो ।

छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले गर्नु भएको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv