‘हामी गर्छौं हामी जित्छौं : कप्तान एन्जिला तुम्बापो सुब्बा

काठमाण्डौं,कार्तिक १३ गते । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश विरुद्धको साफ वुमन्न च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन् ।

अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । ‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौं भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौं हामी जित्छौं भन्ने हाम्रो नारा छ ।’

कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि यो नेपालका लागि अवसर भएको बताइन् । ‘यसलाई रिभेन्जको रुपमा लिँदैनौं । हाम्रो लागि अवसर हो’, एन्जिलाले भनिन् ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बुधबार घरेलु टोली नेपाल र साविक विजेता बंगलादेशबीच खेल हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने बताए । ‘हामी फाइनल जित्छौं भन्ने सोचका साथ खेल्छौं’, तामाङले भने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv