सूर्यपुत्रलाइ प्रेमपत्र- कविता
तिमी रिसको आगोमा जलेको धेरै भयो
म पनि रिसको आगोमा जलेको धेरै भयो
तिमीसंग प्रेम गरें बिबाह पाँच पाण्डवसंग गरें
मेरो भाग्यमा
कुकुरले दिएको श्राप
मेटाउनु थियो
विधीको विधान घटित हुनु थियो
समाजको बन्धन थियो !
तिमी मैले बरमाला नपहिर्याएको झोकमा थियौ
दुशासनले मेरो चिर हरण गर्दा समेत बचाएनौं
न त मेरा नामर्द पाँच पतिले बचाए
तिमीले मलाइ नपाउदा मेरो अपमान यति सम्म गर्यौ
मलाइ चरित्रहिन स्त्री भनेर
बदनाम गर्यौ !
तिमीले आफ्नो प्रेमको सम्मान गरेनौं
तिमी सच्चा प्रेमी बन्न सकेनौं !
त्यो बेला मेरा सच्चा प्रेमी
मेरा बालसखा
मेरा भाइ कृष्णले मलाइ बचाए
जवकी म पवित्र छु !
पाँच पाण्डवहरू
म संगको प्रत्येक पटकको सहवासमा
मलाइ पवित्र कुमारीलाइ झैं भोग गर्छन् !
तिमीले कुरूक्षेत्रमा
मेराे सिन्दुरको विपक्षमा
महाभारत युद्द लड्यौ !
अन्यमा आफैं ढल्यौ !
द्रौपदी गल्ति स्वीकार्छिन्
र भन्छिन्
गल्ती दुवैले गर्यौं
सुधार्नु पनि हामीले नैं पर्छ !
अरूले त वस्
हामीलाइ पतन गराउन
कौरवले झैं
सर्पको फडाँ फिजाएर बसेका छन् !
हे सूर्यपुत्र
आज हामी द्वापर युगको जूनी सकेर
कलियूगमा छौं
महाभारतको युद्दबाट केहि त सिकौं !
कुकुर र बिरालो झैं
आपसमा लड्न छोडौ
अरूको तमासा हेर्ने माध्यम
आफैंलाइ नबनाऔं !
मैले बुझें
म कत्ति गलत रहेछु
आफ्नो प्रेम लत्याएर
समाज बचाउन
संस्कार बचाउन
मान
प्रतिष्ठा
इज्जत
जोगाउन भागेछु
आफैंलाइ दु:खको भूमरीमा पारेछु !
त्यो युगमा
समाज नमान्ने
संस्कार नमान्ने
मैं एउटी त हुने थिइन होला !
अरू पनि थिए होलान् !
मलाइ कुन ग्रहले लघार्यो
कुन भुमरीले छोप्यो
थाहै पाइन
आज आँखा खुले !
हे कर्ण ,
तिमीले पनि बुझ्यौ
आफ्नो प्रेम गुमाउदा कस्तो हुन्छ !?
गुमाएको चिज पाउदा कस्तो हुन्छ!?
पुराना पाठबाट केहि त सिकौं !
अव नसोचे कैले सोच्ने ?
अब नबुझे कैले वुझ्ने ?
अहिले नगरे कैले गर्ने ?
कुन जुग सम्म हामी कुष्ठामा बाँचिरहने ?
किन हामी अरूको हाँसोको पात्र बन्ने ?
रिसले खा आफू
बुद्दिले खा अरू
रिसराग छोडौ
सहयोग गरौं
सहकार्य गरौं
सबैको भलोको कामना गरौं !
धेरै ढिला भयो
केहि नयाँ सिर्जना गरौं !
नेपालको नाममा
आफ्नो नामको नयाँ कृति जोडौं
बुद्दको सन्देस संसारमा फैलाऔ !
ॐ शान्ति !!!
कवियत्री – अन्जना पौडेल ‘अनुश्रुती’