विशेष तेक्वान्दो प्रशिक्षणको तालिम शुरु
काठमाण्डौं,कार्तिक २२ गते । World Taekwondo – Asia Development Foundation (WT – ADF) अन्तर्गत WT Cares Project 2024-025 को आज औपचारिक उद्घाटन भएको छ । उक्त प्रोजेक्ट Um Hong Gil Human Foundation द्धारा सञ्चालित १६ औं विद्यालय तारकेश्वर गोलढुंगास्थित “पृथ्वी नारायण माध्यमिक विद्यालय” मा सञ्चालन हुन गईरहेको छ । प्रोजेक्ट अन्तरगत विश्व तेक्वान्दो, एसिया डेभलपमेन्ट फाउण्डेसन र नेपाल तेक्वान्दो संघको विशेष सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष तेक्वान्दो प्रशिक्षण गराईन्छ ।
उक्त प्रोजेक्टको अवधि सात महिनाको हुनेछ । विगत दुई वर्ष देखि यस ध्त् ऋबचभक एचयवभअत अम होङ गिल ह्युमन फाउण्डेसन अन्तरगत सञ्चालित विद्यालयमा सञ्चालन गरिदै आईरहेकोमा अघिल्लो दुई वर्ष कास्की स्थित श्री बिरेठाती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चो, अम होङ गिल ह्युमन फाउण्डेसनका संस्थापक क्याप्टेन अम होङ गिल र तारकेश्वर नगरपालिकाका मेयर श्री कृष्ण हरि महर्जनज्यूद्धारा संयुक्त रुपमा द्धीप प्रज्वलन गरि उक्त प्रोजेक्टको भव्य उद्घाटन गरियो । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा, उपाध्यक्ष श्री भान बहादुर चन्द, महासचिव श्री दीपराज गुरुङ्ग, प्रवक्त श्री साम्राज्य विक्रम पाण्डेज्यू, केन्द्रीय सदस्य श्री कुमार लामा घिसिङ्गज्यू, केन्द्रीय सदस्य श्री बब्लु शिवाकोटीज्यू, विद्यालय प्रधानाध्यापक श्री नारायण प्रसाद शर्मा लगायत संघका पदाधिकारी, अम होङ गिल ह्युमन फाउण्डेसनका प्रतिनिधि लगायत जि.सि.ईन्टरनेश्नल नामक अन्तर्राष्ट्रिय सामाजिक संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्य रुपमा आयोजना भएको थियो ।